पाँच कम्पनीको सेयरमूल्य समायोजन,कति तोकियो मूल्य ?

Aug 25, 2017 merolagani

शुक्रबार पाँच कम्पनीको सेयरमूल्य समायोजन भएको छ । तीन कम्पनीको हकप्रद तथा दुई कम्पनीको बोनस सेयरपछि सेयरमूल्य समायोजन भएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शुक्रबार किसान माइक्रोफाइनान्स, समिट माइक्रोफाइनान्स, अरुण भ्याली हाइड्रो पावर, सिन्धु विकास बैंक र सूर्या लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन गरेको छ ।

किसान माइक्रोफाइनान्सको २४.२२ प्रतिशत हकप्रदलाई समायोजन गरि लघुवित्तको समायोजित सेयरमूल्य २५९६ रुपैयाँ कायम भएको छ । लघुवित्तको औसत आधारमूल्य १८७७ रुपैयाँ रहेको छ ।

त्यस्तै समिट माइक्रोफाइनान्स कम्पनीको शतप्रतिशत बोनसपछि १९०५ रुपैयाँ सेयरमूल्य निर्धारण भएको छ । लघुवित्तको औसत आधारमूल्य १७१६ रुपैयाँ रहेको छ ।



शुक्रबारै अरुण भ्याली हाइड्रोपावर कम्पनीको १० प्रतिशत बोनस सेयरलाई समायोजन गर्दा हाइड्रोको सेयरमूल्य २४४ रुपैयाँ कायम भएको नेप्सेले जनाको छ । कम्पनीको औसत आधारमूल्य ३१४ रुपैयाँ रहेको छ ।

८० प्रतिशत हकप्रद जारी गर्न लागेको सिन्धु विकास बैंकको हकप्रदलाई समायोजन गर्दा २२२ रुपैयाँ निर्धारण हुन आएको छ । बैंकको आसत आधारमूल्य २८८ रुपैयाँ रहेको छ ।

त्यस्तै सूर्या लाइफ इन्स्यारेन्स कम्पनीको १० प्रतिशत बोनस सेयरपछि १०६८ रुपैयाँ सेयरमूल्य कायम भएको छ । जसको १८० दिनको सेयरमूल्यको आधारमा औसत आधारमूल्य १०४१ रुपैयाँ कायम हुन आएको नेप्सेले जनाएको छ ।

समायोजन भएको पाँचै कम्पनीको आइतबार समायोजित सेयरमूल्यमा कारोबार सुरु हुनेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।