समस्याग्रस्त ललितपुर फाइनान्सले निक्षेपकर्तालाई निक्षेप फिर्ता लिन बोलायो

Aug 25, 2017 merolagani

राष्ट्र बैंकको समस्याग्रस्त सुचिमा रहेको ९ वित्तीय संस्थामध्येको एक ललितपुर फाइनान्सले निक्षेपकर्तालाई निक्षेप फिर्ता गर्ने भएको छ । फाइनान्स कम्पनीले बुधबार सुचना प्रकाशित गरेर नै निक्षेपकर्तालाई निक्षेप फिर्ता लिन बोलाएको हो ।

 

राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीसँग समस्या ग्रस्त घोषणा हुँदा व्यक्तिगत निक्षेप एक अर्ब २५ करोड सात लाख ७० हजार रुपैयाँ र संस्थागत निक्षेप चार करोड २९ लाख ५६ हजार गरि कुल एक अर्ब २९ करोड ३७ लाख २६ हजार रुपैयाँ निक्षेप रहेको थियो ।

२०७४ असार मसान्तसम्म फाइनान्सले व्यक्तिगत १२ करोड चार लाख ४८ हजार र संस्थागत  ७२ लाख ३६ हजार रुपैयाँ गरि कुल १२ करोड ७६ लाख ८४ लाख रुपैयाँ निक्षेप मात्र फिर्ता गर्न बाँकी छ ।

वित्तीय सुशासन पालना नगरेर वित्तीय अवस्था अत्यन्त नाजुक भएपछि नेपाल राष्ट्र बैंकले ०७१ चैत १६ गते ललितपुर फाइनान्सलाई समस्याग्रस्त घोषणा गरेको थियो । राष्ट्र बैंकले कुनैपनि संस्था समस्याग्रस्त सुचिमा परेपछि निक्षेप परिचालन तथा कर्जा लगानीमा प्रतिवन्ध लगाउँदै आएको छ ।

फाइनान्सले अहिले आफ्नो अवस्था निकै सुधार गरिसकेको छ भने छिट्टै सुधारको प्रकृयामा आएर नियमित सञ्चालकनको तयारीमा लागेको  छ । ललितपुर फाइनान्ससँगै अन्य आठ संस्थाहरु अहिले पनि राष्ट्र बैंकको समस्याग्रस्त संस्थाको सुचिमा रहेका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।