नबिल इक्विटी फण्डले २१ करोड ६३ लाख लगानी बढायो

Aug 25, 2017 merolagani

नबिल इक्विटी फन्ड (NEF) ले साउन महिनामा सूचीकृत सेयरमा असारको तुलनामा २१ करोड ६३ लाख ७० हजार ५७३ रुपैयाँ  लगानी बढाएको छ । फण्डले गत असारमा ४५ करोड ६५ लाख ७४ हजार लगानी गरेकोमा साउनमा ६७ करोड २९ लाख ४५ हजार पुर्याएको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

नबिल इक्विटी फन्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य भने असार मसान्तभन्दा दुई पैसाले मात्र बढेर ९ रुपैयाँ ९९ पैसा कायम भएको छ ।

यसले ४७ वटा सूचीकृत कम्पनीको ६ लाख ७५ हजार ५७१ कित्ता सेयरमा लगानी गरेको छ । सूचिकृत नभएका कम्पनीको सेयरमा दुई करोड ७६ लाख ३० हजार ५० रुपैयाँको लगानी गरेको छ । 

 फण्डसँग खुद सम्पत्ति एक अर्ब २४ करोड ८२ लाख तीन हजार २५९ रुपैयाँ रहेको छ । फण्डले मुद्दति निक्षेपमा १२ करोड ५० लाख तथा बैंकमा ४३ करोड १३ लाख ९२ हजार ७६० रुपैयाँ मौज्दात राखेको छ ।

मुद्धती निक्षेप रकम परिवर्तन नभएपनि सेयरमा लगानी बढाएपछि बैंक मौजात असारको तुलनामा १९ करोड ९५ लाख ८७ हजार ४९८ रुपैयाँले घटेको छ । असारमा बैंक मौज्दातमा ६३ करोड ९ लाख ८० हजार २५८ रुपैयाँ रहेको थियो ।

नबिल इक्विटी फन्डले सबैभन्दा धेरै नेपाल टेलीकमको ४५ हजार ३०० कित्ता सेयर होल्ड गरेको छ भने सबैभन्दा कम समता माइक्रोफाइनान्सको ४२३ कित्ता सेयरमा मात्र लगानी छ । रकमका आधारमा सबैभन्दा बढी नागरिक लगानी कोषको पाँच करोड ५९ लाख २५ हजार २२३ रुपैयाँको १४ हजार २६३ कित्ता सेयर होल्ड गरेको छ ।

फन्डले साधारण लगानीकर्तामा १२ करोड ५० लाख इकाई जारी गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।