सिटिजन्स् बैंकको १६ प्रतिशत बोनस आईतबारसम्म सेयर किनेकाले मात्र पाउने

Aug 27, 2017 merolagani

सिटिजन्स् बैंक इन्टरनेशनल (CZBIL) ले गत आर्थिक बर्षको नाफाबाट प्रस्ताव गरेको १६ प्रतिशत बोनस सेयर आईतबारसम्म कायम रहेका सेयरधनीले मात्र पाउने भएका छन् । 

बैंकले भदौ १२ देखि १६ गतेसम्म सेयरधनी किताब बन्द गर्ने मिति तोकेकाले आईतबारसम्म सेयर किनेका तथा यसअघि सेयरधनी रहेका दुबै लगानीकर्ता प्रस्तावित बोनस प्राप्त गर्न योग्य हुनेछन् ।

सिटिजन्स् बैंकले गत आर्थिक वर्षमा एक अर्ब २१ करोड रुपैयाँ खुद नाफा कमाएकोमा १६ प्रतिशत बोनस र बोनसमा लाग्ने कर तिर्न १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताब गरेको छ । बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ४८ पैसा रहेको छ ।

हाल सिटिजन्स् बैंकको चुक्ता पूँजी ६ अर्ब ९२ करोड रुपैयाँ रहेको छ । १६ प्रतिशत बोनसपछि बैंकको चुक्ता पूँजी आठ अर्ब दुई करोड पुग्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।