बुढानिलकण्ठका मेयर उद्धवप्रसाद खरेल र बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले संयुक्त रुपमा वृक्षारोपण कार्यक्रमको उद्घाटन गरेका थिए । वृक्षारोपणले पर्यटकीय तथा सुन्दर नगरी बुढानिलकण्ठ लाई हरियाली तथा स्वच्छ बनाउन टेवा पुग्ने विश्वास नगरपालिका तथा प्रभु बैंकले लिएको छ ।
वृक्षारोपण कार्यक्रममा स्थानीय वडा प्रतिनिधिहरु, नगरपालिकाका कर्मचारीहरु, प्रभु बैंकका कर्मचारीहरु तथा स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो । नगर प्रमुख खरेलले वृक्षारोपणमा सहयोग गरेकोमा प्रभु बैंकप्रति आभारा व्यक्त गरेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचनले गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउनुका अतिरिक्त सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक काम समेत गर्दै आएको बताएका थिए ।