ङादी ग्रुप पावरले दश प्रतिशत बोनसपछि ३० प्रतिशत हकप्रद बिक्री गर्ने

Aug 28, 2017 merolagnai

ङादी ग्रुप पावर कम्पनी लिमिटेडले गत आर्थिक बर्षको कमाईबाट दश प्रतिशत बोनसपछि ३० प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले सो निर्णय गरेको हो । साथै कम्पनीले कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांस समेत प्रस्ताव गरेको छ ।

जलविद्युत्त कम्पनिको चुक्ता पूँजी ४८ करोड ६८ लाख ६८ हजार रुपैयाँ रहेको छ । दश प्रतिशत बोनसपछि कम्पनीको पूँजी ५३ करोड रुपैयाँ पुग्नेछ ।

लमजुङ जिल्लामा ५ मेगावाटको आयोजना निर्माण गरेको कम्पनीले आयोजनाको कुल चुक्ता पूँजीको १० प्रतिशत लमजुङका स्थानीय बासीन्दा र सर्वसाधरण लगानीकर्तालाई २० प्रतिशत शेयर बेचेको थियो ।

कम्पनीले लमजुङमा पाँच मेगावाट क्षमताको सिउरी खोला जलविद्युत आयोजना निर्माण गरिसकेको छ । यो आयोजनाबाट विद्युत उत्पादन गरिरहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।