देव: विकास बैंकका सेयरधनीले १७ प्रतिशत बोनस पाउने

Aug 28, 2017 merolagani

देव: विकास बैंक (DBBL) ले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई १७.१ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको भदौ ११ गते आईतबार बसेको सञ्चालक समिति बैठकले १७.१ प्रतिशत बोनसका साथै बोनसमा लाग्ने कर प्रयोजनका लागि शून्य दशमलव ९ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकद्धारा प्रस्तावित बोनस राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।

देव:को हाल चुक्ता पूँजी एक अर्ब ४४ करोड ४९ लाख ८४ हजार रुपैयाँ रहेको छ । बैंकले १७.१ प्रतिशत बराबरको २४ करोड ७० लाख ९२ हजार रुपैयाँ बोनस वितरण प्रस्ताव गरेको हो ।

देव :ले युनियन फाइनान्स र साझा विकास विकास बैंकलाई प्राप्ती गर्दा कायम हुने पूँजी  एक अर्ब ६३ कराेड रूपैयाँकाे ४० प्रतिशत बराबरको हकप्रद विक्री गर्ने बैंकको प्रस्ताव परिसकेकाे छ । साथै बैंक साहारा विकास बैंकलाई समेत प्राप्ती गर्ने प्रकृयामा रहेको छ ।

बैंकले गत आर्थिक बर्षमा २८ करोड ९४ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २० रुपैयाँ कायम गरेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।