एनएमबि सुलभ इन्भेष्मेन्टका इकाइधनीले पनि पाउने भए २१ प्रतिशत नगद लाभांश

Aug 28, 2017 merolagani

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १(NMBSF1)  का इकाइधनीले २१ दशालव ०५६ प्रतिशत (कर सहित) नगद लाभांश प्राप्त गर्ने भएका छन् । कम्पनीको भदौ ११ गते बसेको सञ्चालक समिति बैठकले इकाइधनीलाई सो परिमाणको लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

सर्वसाधारणमा ७ करोड ५० लाख इकाई जारी गरेको सुलभ इन्भेस्टमेन्ट फण्डको असार मसान्तमा प्रतिइकाई खुद मूल्य १६ रुपैयाँ ६४ पैसा रहेको थियो । फण्डको सोमबार प्रतिइकाई बजार मूल्य १४ रुपैयाँ ४५ पैसा रहेको छ । 

सामूहिक लगानी कोषले कुल ७० सूचिकृत कम्पनीका ६१ करोड ५२ लाख रुपैयाँको बराबरको धितोपत्रमा लगानी गरेको छ । जसमध्ये नेपाल टेलिकमको सबैभन्दा बढी ४४ हजार २९५ कित्ता सेयर बराबरको दुई करोड ९८ लाख ९९ हजार रुपैयाँको सेयरमा लगानी छ ।

एनएमबि सुलभ इन्भेष्मेन्ट १ सामुहिक लगानीकोष योजनाको व्यवस्थापक एनएमबि क्यापिटल र प्रबद्धक एनएमबि बैंक रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।