एनआईबिएल समृद्धि फण्डको १८ प्रतिशत नगद लाभांश आजसम्म इकार्इ किनेकाले मात्र पाउने

Aug 28, 2017 merolagani

एनआइबिएल समृद्धि फण्ड–१ (NIBSF1) का इकाईधनीहरुलाई गत बर्षकाे नाफाबाट प्रस्ताव गरेकाे १८ प्रतिशत नगद लाभांश सोमबारसम्म इकाइ किनेका इकाइधनीले मात्र पाउने भएका छन् । सामूहिक लगानी कोष योजनाले नगद लाभांश वितरण गर्न मंगलबार इकाइधनी किताब बन्द गर्देछ ।

एनआइबिएल क्यापिटल अर्न्तगत सञ्चालित एनआईबीएल समृद्धि फण्ड १ को असार मसान्तमा समृद्धि फण्डको प्रतिइकाई खुद मूल्य १४ रुपैयाँ ९४ पैसा तथा सोमबारको बजारमूल्य प्रतिइकाई १३ रुपैयाँ छ ।

कम्पनीले १० कराेड कित्ता इकाइ जारी गरेकाे छ भने असार मसान्तसम्ममा कुल ८३ कम्पनीकाे  सेयरमा एक अर्ब ७ कराेड ५९ लाख रूपैयाँ बराबरकाे लगानी रहेकाे  थियाे । कित्ताका अाधारमा सबैभन्दा बढी जलविद्युत्त लगानी तथा विकास कम्पनीकाे ७६ हजार ४३१  कित्ता र मूल्यकाे अाधारमा सबैभन्दा बढी एशियन लाइफ इन्स्याेरेन्स कम्पनीकाे ४ कराेड ७ लाख २३ हजार  रूपैयाँ बराबरकाे सेयर हाेल्ड गरेकाे छ ।

एनआइबिएल समृद्धि फण्ड १ र एनआइबिएल प्रगति फन्ड गरि दुईवटा सामूहिक लगानी कोष एनआइबीएल क्यापिटलको योजना व्यवस्थापनमा सञ्चालित रहेका छन् । दुबै सामूिहक लगानी कोषकाे काेष प्रवद्धक इन्भेष्टमेन्ट बैंक रहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।