उक्त संझौतापत्रमा एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र मुक्तिनाथ बिकास बैकका नायब प्रमुख कार्यकारी अधिकृत प्रधुमन पोखरेलले सोमबार हस्ताक्षर गरे।
बैंकासुरेन्सको माध्यमबाट बैंकका ग्राहकहरुलाई जीवन बीमा कम्पनीले प्रचलनमा ल्याएका बीमा योजनाहरु खरिद गर्न सहजता प्रदान गर्नेछ । अव एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडका बीमा योजनाहरु तथा बीमा सेवाहरु सजिलैसँग मुक्तिनाथ बिकास बैंकका नेपालभरिका ५९ वटा शाखा कार्यालयहरुबाट समेत लिन सकिने ब्यावस्था मिलाइनेछ ।
एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हाल ७२ वटा उपशाखा तथा २३ वटा शाखा कार्यालयहरु रहेका छन् । २०७४ आषाढ मसान्तसम्म यस कम्पनीको जीवन बीमाकोषमा दश अर्ब, लगानी ९ अर्ब ५४ करोड तथा चुक्ता पुँजी ८० करोड ५५ लाख रहेको छ ।