सानिमा बैंकले कमजाेर आर्थिक अवस्थाका महिलाको उपचारमा सहयोग गर्ने

Aug 28, 2017 merolagani

सानिमा बैंक लिमिटेड र पाटन हस्पिटल बिच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि सहयोग गर्ने गर्ने बारे सम्झौता भएको छ । सम्झौतामा सोमबार सानिमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल र पाटन हस्पिटलका तर्फबाट हस्पिटल निर्देशक डा. बिष्णु प्रसाद शर्माले हस्ताक्षर गरेका हुन् ।

 

उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले उपचारका लागि प्रत्येक महिलालाई २० हजारसम्म एक पटकका लागि नबढ्ने गरी सहयोग उपलब्ध गराउनेछ । यसबाट निम्न आर्थिक अवस्था रहेका महिलालाई ठुलो सहयोग पुग्ने अपेक्षा बैंकले गरेको छ । 

सानिमा बैंकले प्रत्येक नारी बचत खाता बापत बैँकको तर्फबाट मासिक एक रुपैयाँको दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएकोे छ । उक्त जम्मा भएको रकम नारी उत्थानका लागि खर्च गर्ने लक्ष्य अन्तर्गत बैंकले पाटन हस्पिटल सँग यो सम्झौता गरेको बैंकले विज्ञप्ती मार्फत जनाएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।