सात कम्पनी जसले गतबर्ष चुक्ता पूँजीभन्दा बढी नाफा कमाए

Aug 29, 2017 merolagani

- तीथर्राज पाैड्याल

नेप्सेमा सूचिकृत कम्पनीमध्ये सेयर बजारमा यस्ता कम्पनीहरु छन् जसले गत अार्थिक बर्षमा आफ्नो चुक्ता पूँजीभन्दा धेरै कमाइ गर्न सफल भए ।  हामी तपार्इलाइ अाज यस्ता कम्पनीबारे जानकारी  दिन लागेका छाै जसकाे कुशल व्यवस्थापन र संस्थागत सुसाशनले कम्पनीकाे चुक्ता पूँजीभन्दा भन्दा खुद नाफा अार्जन गर्न सकेका छन् ।

चुक्ता पूँजी भन्दा बढी कमाउने उत्कृष्ट कम्पनी गत आर्थिक बर्षमा ७ वटा पुगेका छन् । जसले आफ्नो चुक्ता पूँजीभन्दा धेरै खुद नाफा कमाएर लगानीकर्तालाई उच्चतम प्रतिफल समेत प्रदान गर्दे आएका छन् । यस्ता कम्पनीले चुक्ता पूँजीभन्दा बढी नाफा कमाएको कारणले नै ती कम्पनीहरुको प्रतिसेयर आम्दानी एक सय रुपैयाँभन्दा माथि रहेको छ ।

आर्थिक बर्ष २०७३/७४ को वित्तिय विवरण अनुसार चुक्तापूँजी भन्दा धेरै कमाई गर्ने कम्पनीहरुमा क्रमश युनिलिभर नेपाल, बोर्टलर्स नेपाल तराई, बोर्टलर्स नेपाल बालाजु, राष्ट्रिय बीमा कम्पनी, फरवार्ड माइक्रोफाइनान्स कम्पनी, महुली सामुदायीक लघुवित्त र नेपाल टेलिकम गरि ७ कम्पनी समेटिएका छन् ।

नोट: माथिको तथ्याङ्क कम्पनीहरुले प्रकाशित गरेका गत आर्थिक बर्षको चौथो त्रैमासिक वित्तिय विवरणमा आधारित रहेर तयार पारिएको हाे ।

गत आर्थिक बर्षमा सूचिकृत कम्पनीहरुमध्ये सबैभन्दा बढी प्रतिसेयर आम्दानी गर्ने कम्पनीमा युनिलिभर नेपाल रहेको छ । कम्पनीको एक कित्ता सेयरले एक हजार ४८ रुपैयाँ आम्दानी गरेको छ । यसको अर्थ गत बर्षमा कम्पनीको एक सय रुपैयाँको एक कित्ता सेयरले एक आर्थिक बर्षमा एक हजार ४८ रुपैयाँ कमाइ गर्न सक्यो भन्ने हो ।

युनिलिभर नेपालले गत आर्थिक बर्षको ९६ करोड ५२ लाख रुपैयाँ कमाईबाट १ हजार १ सय रुपैयाँ नगद तथा २५ औं बार्षिक उत्सवको अवसरमा थप एक सय ७० रुपैयाँ विशेष नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बोर्टलर्स नेपाल तराई र बोर्टलर्स नेपाल बालाजुले पनि आफ्नो चुक्ता पूँजी भन्दा कमाइ धेरै गरेका छन् । १२ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको बोर्टलर्स नेपाल तराईले गत आवमा ३९ करोड ५४ लाख रुपैयाँ कमाएर प्रतिसेयर आम्दानी ३२७ रुपैयाँ कायम गरेको छ ।

त्यस्तै १९ करोड ४८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बोर्टलर्स नेपाल बालाजुको खुद नाफा ५३ करोड १७ लाख र प्रतिसेयर आम्दानी २७३ रुपैयाँ रहेको छ ।

बोर्टलर्स नेपाल तराईको अन्तिम पटकको कारोबार भएको सेयरमूल्य प्रतिकित्ता ७ हजार १ सय ६ रुपैयाँ र बोर्टलर्स नेपाल बालाजुको प्रतिकित्ता १ हजार ६ सय ६० रुपैयाँ रहेको छ । बोर्टलर्स नेपाल तराईको कारोबार भएपनि बालाजुको भने झण्डै एक बर्ष भन्दा समयदेखि कारोबार भएको छैन ।

राष्ट्रिय बीमा कम्पनी, फरवार्ड माइक्रोफाइनान्स कम्पनी पनि पूँजीभन्दा धेरै खुद नाफा कमाउने कम्पनीको क्रमश चौथो र पाँचौ नम्बरमा परेका छन् । १२ करोड ४४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको राष्ट्रिय बीमा कम्पनीले २३ करोड ७० लाख तथा २० करोड चुक्ता पूँजी रहेको फरर्वार्ड माईक्रोफाइनान्स २५ करोड ०६ लाख खुद नाफा कमाउन सफल भएका छन् ।  

राष्ट्रिय बीमा कम्पनीले प्रतिसेयर आम्दानी १९० रुपैयाँ र फरर्वार्डले १२५ रुपैयाँ कायम गरेका वित्तिय विवरण प्रकाशित गरेका छन् । राष्ट्रिय बीमा कम्पनीकाे प्रतिसेयर अाम्दानी निकाल्दा कम्पनीले यसअघि वितरण  गरेकाे  ११४ प्रतिशत बाेनसलार्इ गणना गरेकाे छैन । नेप्सेमा राष्ट्रिय बीमा कम्पनीको प्रतिकित्ता सेयरमूल्य १७ हजार तथा फरवार्डको ३ हजार ७ सय रुपैयाँमा अन्तिम पटक सेयर कारोबार भएको छ ।

नोट: माथिको तथ्याङ्क कम्पनीहरुले प्रकाशित गरेका गत आर्थिक बर्षको चौथो त्रैमासिक वित्तिय विवरणमा आधारित रहेर तयार पारिएको हाे ।

महुली सामुदायिक लघुवित्त र नेपाल टेलिकम पनि चुक्ता पूँजीभन्दा बढी कमाइ गर्ने उत्कृष्ट सात कम्पनीमा आफूलाई सामेल गराएका छन् ।

सूचिकृत कम्पनीहरुमा सबैभन्दा बढी १५ अर्ब चुक्ता पूँजी रहेको टेलिकमले १५ अर्ब एक करोड खुद नाफा कमाएर प्रतिसेयर आम्दानी एक सय रुपैयाँ ११ पैसा र चार करोड पूँजी रहेको महुलीले चार करोड ३१ लाख खुद नाफा कमाएर १०७ रुपैयाँ प्रतिसेयर आम्दानी कायम गरेका छन् । नेप्सेमा महुलीको सेयरमूल्य प्रतिकित्ता १ हजार ६२६ रुपैयाँ तथा टेलिकमको ७०२ रुपैयाँमा अन्तिम पटक कारोबार भएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।