सिद्धार्थ बैंक र मिर्मिरे माइक्रोफाइनान्सको लिलामी सेयरमा अावेदन गर्ने आज अन्तिम दिन

Aug 30, 2017 merolagani

सिद्धार्थ बैंक (SBL) र मिर्मिरे माइक्रोफाइनान्स (MMFDB) ले लिलामीमा राखेका अवितरित हकप्रदमा शिलबन्दी बोलपत्र पेश गर्ने बुधबार अन्तिम दिन हो ।

सिद्धार्थ बैंकले भदौ ६ गतेदखि हकप्रदमा अवितरित भएको दुई लाख ५३ हजार ९२२ कित्ता सेयर लिलाम बढाबढमा बिक्री खुला गरेको हो ।

जसमध्ये दुई लाख ४० हजार ३७१ कित्ता साधारण सेयर र १३ हजार ५५० कित्ता संस्थापक सेयर रहेको छ । इच्छुक बोलकबोलदाताले बुधबार बैंकिङ समय ३ बजेसम्म बैंकको बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटल नक्सालमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । 

बोलकबोल दाताले बोलपत्र पेश गर्दा प्रतिकित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्तादेखि अधिकतम कित्तासम्मका लागि आबेदन गर्न सक्नेछन् । प्राप्त बोलपत्र भदौ १५ गते बिहान ७ बजे क्यापिटलको कार्यालयमा खुला हुने जनाइएको छ ।

६ अर्ब ६२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको सिद्धार्थ बैंकले गत आर्थिक बर्षमा एक अर्ब ४१ करोड खुद नाफा गरेको छ । बैंकको सेयर सोमबार ४३१ रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै मिर्मिरे माइक्रोफाइनान्सको भदौ ६ गतेदखि लिलामीमा आएको एक हजार ९ सय ४० कित्ता सेयरमा शिलबन्दी बोलपत्र पेश गर्ने पनि बुधबार नै अन्तिम दिन हो ।

इच्छुक आवेदकले आजै बैंकिङ समय ३ बजेभित्र लघुवित्तको सेयर बिक्रि प्रबन्धक प्रभु क्यापिटलको कमलादी स्थित कार्यालयमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

आवेदन गर्दा प्रतिकित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि अधिकतम सबै कित्ताका लागि आवेदन गर्न सक्नेछन् । प्राप्त बोलपत्र भदौ १६ गते बिहान ११ बजे क्यापिटलको कार्यालयमा खुला हुने जनाइएको छ ।

मिर्मिरे माइक्रोफाइनान्स कम्पनीले गत आर्थिक बर्षमा एक करोड ५४ लाख खुद नाफा कमाएको छ । लघुवित्तको सेयर सोमबार तीन हजार एक सय ७६ रुपियाँमा कारोबार भएको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।