नेप्सेले बुधबार प्राइमको २५ प्रतिशत बोनसपछिको समायोजित मूल्य दुई हजार १४७ रुपैयाँ निर्धारण गरेको छ । कम्पनीको औसत आधार मूल्य एक हजार १७३ रुपैयाँ रहेको नेप्सेले जनाएको छ ।
प्राइम लाईफले भदौ २७ गते वार्षिक साधारण सभामार्फत २५ प्रतिशत बोनस सेयर तथा कर तिर्न ५७ लाख २८ हजार ९८२ रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गर्देछ । त्यस्तै बोनसपछि कायम हुने पुँजीको १६० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि साधारण सभामा प्रस्ताव गरेको छ ।
त्यस्तै बुधबार नै जेबिल्स फाइनान्सको शतप्रतिशत हकप्रदपछि सेयरमूल्य समायोजन भएको छ । हकप्रद समायोजनपछि जेबिल्सको समायोजित सेयरमूल्य १६९ रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ । फाइनान्सको औसत आधार मूल्य १७० रुपैयाँ छ ।
फाइनान्सले असोस १ गतेदेखि एक बराबर एक अनुपातमा २८ लाख ८९ हजार कित्ता सेयर जारी गर्देछ ।