गरिमा विकास बैंकको अध्यक्षमा चन्द्रकान्त बराल नियुक्त

Aug 30, 2017 merolagani

गरिमा बैंकको भदौ १३ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको अध्यक्षमा चन्द्र कान्त बराललाई नियुक्त गरेको छ । सोहि बैठकले बैंकका पुर्व अध्यक्ष दिलिप प्रताप खाँड र सञ्चालक हरिकुमार श्रेष्ठको राजिनामा पनि स्वीकृत गरेको छ ।

नेपाल राष्ट बैंकको पछिल्लो एकीकृत निर्देशन अनुसार निर्बाचित जनप्रतिनिधिहरु बैंकको बैंकको सञ्चालक बन्न नपाउने व्यवस्था गरेपछि दुवैले राजिनामा दिएका थिए । पुर्व अध्यक्ष दिलिप प्रताप खाँड स्याङजाको वालिङ नगरपालिकाबाट मेयर तथा सञ्चालक हरिकुमार श्रेष्ठ म्याग्दीको बेनी नगरपालिकाबाट मेयर पदमा निर्वाचित भएका थिए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।