नेपाल बैंकले डिप्रोक्स लघुवित्तको सेयर बेचेर कति गर्दैछ कमाई ?

Aug 31, 2017 Merolagani

आफ्नो अबस्था सुदृढ पार्न सम्पति बिक्री र डुबेको कर्जा असुलीलाई तीब्र पारेको नेपाल बैंक (NBL) ले डिप्रोक्स लघुवित्त (DDBL) को सेयर बिक्री गर्ने भएको छ । डिप्रोक्सको संस्थापक र साधारण गरी झण्डै सवा आठ लाख कित्ता सेयर मध्येबाट बैंकले एक लाख ८० हजार तीन सय ७८ कित्ता सेयर मात्र बोलकबोलबाट बेच्न लागेको हो ।

डिप्रोक्सको साढे छ लाख कित्ता संस्थापक सेयर पनि बिक्री गरी नेपाल बैंकले कमाईको आकार बढाउने देखिन्छ । यस अघि नै बैंकले डिप्रोक्सको हकप्रद निष्काशन पश्चात सेयर बिक्री गर्ने भन्ने सम्बन्धमा मेरोलगानीले खबर सम्प्रेषण गरेको थियो ।

तत्कालिन बजार मूल्यका आधारमा डिप्रोक्सको सबै सेयर बेच्दा ८० करोड आम्दानी गर्ने आँकलन गरिएको थियो । अहिले बजार मूल्य तल रहँदा पनि बैकले राम्रो आम्दानी गर्न सक्ने देखिन्छ ।

डिप्रोक्सको साधारण सेयर लिलामीबाट बिक्री गर्नका लागि सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक नियुक्त भैसकेको छ । आज अर्थात भदौ १५ गते बिहीबारदेखि लिलाममा राखिएको उक्त सेयरको न्युनतम मूल्य एक हजार दुई सय रुपैंया तोकिएको छ । असोज ४ गतेसम्ममा आवेदकले कम्तीमा एक सय कित्तादेखि सबै सेयरका लागि क्यापिटलको कार्यालय नक्सालमा आवेदन गर्नु पर्ने बताइएको छ ।

उल्लेखित सेयर बिक्री गरेर बैंकले साढे २१ करोड रुपैंयाभन्दा बढी आम्दानी गर्नेछ । उसँग बाँकी रहने डिप्रोक्सको थप साढे छ लाख कित्ता संस्थापक सेयर पनि बिक्री गर्ने तयारी भैरहेको नेपाल बैंक उच्च स्रोतले मेरोलगानीलाई जानकारी दिएको छ ।

नेपाल बैंकले आफ्नो बित्तीय अबस्था सुदृढ पार्न बिगतमा नागरिक लगानी कोष, नेपाल ईन्स्योरेन्सको सेयर र बिभिन्न स्थानमा रहेका घरजग्गा बिक्री गरिसकेको छ । उसँग अझै धेरै कम्पनीको लाखौ कित्ता सेयर र देशका बिभिन्न ठाउँमा सयौं रोेपनी मूल्यवान जग्गा छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।