एनआईसी एशिया बैंकले भदौ ३० गते साधारणसभा डाकेको छ । बैंकले गत आर्थिक वर्षमा एक अर्ब ४६ करोड ९६ लाख ७२ हजार रुपैँया खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २२ रुपैँया कायम गरेको थियो । बैंकको चक्ता पूँजी ६ अर्ब ६९ करोड रहेकोमा बोनसपछि आठ अर्ब २ करोड रुपैँया पुग्नेछ ।
उता हाल ११ करोड ५० लाख चुक्ता पुँजी रहेको आरएसडीसी लघुवित्तको हकप्रदपछि ३४ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।
कम्पनीको हकप्रद सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट रहेको छ ।
राष्ट्र बैंकको निर्देशन अनुसार राष्ट्रिय स्तरको थोक कर्जा प्रदान गर्ने लघुवित्त संस्थाहरुले २०७५ असार मसान्तसम्ममा न्यूनतम चुक्तापूँजी ६० करोड रुपैयाँ पुर्याउनुपर्ने हुन्छ ।
सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर
१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य