नाडा अटो शोमा कुन बैंकले कति प्रतिशत व्याजदरमा उपलब्ध गराउँदैछन् सवारी कर्जा ?

Sep 01, 2017 merolagani

भदौ १३ गते मंगलबारबाट सुरू भएकाे नाडा अटो शोलाई लक्षित गरेर १० बाणिज्य बैंकरूले अटो लोन अफर ल्याएका छन् । प्रदर्शनीस्थलमा स्टल नै राखेर बैंकहरुले न्यून ब्याजदरमा कर्जा उपलब्ध गराउँनेदेखि सेवा शुल्क छुट, धेरै बर्षसम्मको कर्जा अवधि, क्रेडिट कार्ड देखि सेवा शुल्क छुट सम्मको सुविधा घोषणा गरेका छन् ।

गत बर्ष औसत ब्याजदर ६ प्रतिशतमा पाइने कर्जाको व्याजदर यो बर्ष तरलता अभाव र बचतमा ब्याजदर बढेपछि झण्डै दोब्बर पुगेको छ । तर पनि बैंकहरुले मेलाको अवसरमा नियमित व्याज दरभन्दा सस्तो व्याजदरमा अटो कर्जा प्रबाह गर्ने भएका छन् । 

बैंकहरुसँग थप ऋण दिने क्षमता घट्दा एकातिर ब्याजदर बढेको छ, तर नाडाका लागि नै बैंकहरुले तुलनात्मक रुपमा ब्याजदर केही घटाएका छन् । बैंकहरुले न्यूनतम ५० लाखदेखि १ करोड रुपैयाँसम्म कर्जा प्रदान गर्ने गरेको पाइन्छ ।

गाडी कर्जामा सबैभन्दा सस्तो ब्याज दर १०.४ प्रतिशत ग्लोबल आईएमई बैंकको छ । अधिकतम ब्याज दर सानिमा बैंकको १२.५ प्रतिशतसम्म छ । व्यापारिक कर्जातर्फ सबैभन्दा कम हिमालयन बैंकको ११.१५ प्रतिशत र सबैभन्दा बढी ग्लोबल आईएमई बैंकको १३.४० प्रतिशत रहेको छ । यसरी हेर्दा औसत १२ प्रतिशत व्याजदरमा सबै बैंकले अटो कर्जा उपलब्ध गराउने देखिन्छ ।

यस्ता छन् नारासहित बैंकहरुले ल्याएका अटो व्याजदर

एकैपटक नगद झिकेर लाखौ लाखको गाडी खरिद गर्न धेरैले सक्दैनन् । कर्जाबाट गाडी  किन्ने ग्राहकलाई व्याजदरले विशेष महत्व राख्दछ । 

अन्य समयमा भन्दा यस्तो प्रदर्शनी आयोजना भएको बेला एकै स्थानबाट अटोसम्बन्धि सम्पूर्ण जानकारी पाईने गरिन्छ ।   त्यसैले त होला नाडा अटो शोमा जानेहरुको संख्या प्रत्यक बर्ष उल्लेख्य बढ्दै आएको पाइन्छ ।

नाडा अटो सो लाई लक्षित गरेर बैंकहरुले आकर्षक नारा सहित आकर्षक ब्याजदर निर्धारण गरेका छन् । 

एनआईसी एसिया बैकले ‘हाक्नुहोस आफ्नो सपनाको गाडी’ भन्ने नाराको साथ नाडा प्रदशर्नीमा स्टल राखेको बैंकले मेला अवधिभर सवारीसाधन कर्जा उपलब्ध गराएका ग्राहकलाई सेवा शुल्क नलिने घोषणा गरेको छ । बैंकले व्यक्तिगत प्रयोजनका लागि एउटै ब्याजदर ११.१५ प्रतिशत र व्यापारिक प्रयोजनमा १२.६५ प्रतिशत निर्धारण गरेको छ ।

प्रभु बैंकले नाडा अटो शोको लागि ‘फिल गुड ह्वेन यु ओन इट’ हायर पर्चेज लोन ल्याएको छ । प्रभु बैंकले पाँच वर्ष अवधिका लागि व्यक्तिगततर्फ १२.२६ प्रतिशत र ब्यापारिक प्रयोजनको अटो लोनमा १४.५१ प्रतिशत ब्याजदरमा सवारीसाधन कर्जा उपलब्ध गराउने जनाएको छ ।

ग्लोबल आईएमई बैंकले ‘कुनै पनि सबारी साधान रोज्नुहोस फाइनान्स हामी गछौ’ भन्ने नाराका साथ सात वर्षे अवधिको नाडा स्पेसल जीआईबिएल अटो लोन सार्बजनिक गरेको छ । जसमा व्यक्तिगत प्रयोजनमा १०.४० प्रतिशत र ब्यबसायिक प्रयोजनतर्फ १३.४० प्रतिशत ब्याजदरमा पाँच बर्या अवधिको अटो कर्जा उपलब्ध गराउनेछ ।

स्ट्याण्डर्ड चार्टड बैंकले १२.४७ प्रतिशत ब्याजदरमा ६ वर्षका लागि व्यक्तिगत र ब्यवसायिक दुबै प्रयोजनका लागि ऋण उपलब्ध गराउने जनाएको छ ।

हिमालयन बैंकले नाडा अवधिभरको लागि विशेष अटो लोन ल्याएको छ । हिमालयन बैंकले आठ वर्ष अवधिको व्यक्तिगततर्फ १०.४४ प्रतिशत र ब्यापारिक प्रयोजनका लागि ११.४४ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने जनाएको छ ।

लक्ष्मी बैंकले मेलामा कर्जा लिने व्यक्तिलाई सेवा शुल्क छुटका साथै व्यक्तिगत पाँच बर्ष तथा ब्यापारिक प्रयोजनमा ९ वर्षको लागि १०.८२ प्रतिशतदेखि १३.०५ प्रतिशतसम्म ब्याजदरमा सवारी कर्जा दिने स्किम ल्याएको छ ।

माछापुच्छ्रे बैंकले ‘सपनालाई परिबर्तन गर बास्तबिकतामा’ भन्ने नारा सहित सेवा शुल्क छुटको अफर ल्याएको छ । बैंकले आठ वर्ष अवधिको कर्जा १०.५ प्रतिशत ब्याजदरमा व्यक्तिगत र १२.५ देखि १३ प्रतिशतमा व्यापारिक प्रयोजनको लागि ‘इजी कार लोन’ उपलब्ध गराउने जनाएको छ ।

‘गुड्नुहोस् सबैभन्दा अगाडि’ नारा बैंक अफ काठमाण्डूले अबलम्बन गरेको यस बर्षको अटो नारा हो । जस अन्र्तगत बैंकले मेला परिसरबाटै सबारीसाधन बुकिङ गर्ने सुबिधा (स्किम) प्रदान गरेको छ । बैंकले व्यक्तिगत कर्जा ११.५७ प्रतिशत र व्यापारिक प्रयोजनमा १२.५७ प्रतिशत ब्याजदरमा कर्जा दिने जनाएको छ ।

‘मिहेनती हात समृद्धिको लागि हाम्रो साथ’ भन्ने नारा अबलम्बन गरेको सिभिल बैंकले सात वर्षको कर्जा अबधि सुबिधा दिन्छ । बैंकले व्यक्तिगततर्फ ११.५९ प्रतिशत र ब्यापारिकतर्फ १३ प्रतिशत ब्याजदरमा अटो कर्जा उपलब्ध गराउने जनाएको छ ।

सानिमा बैंकले ‘गाडी चढ्ने सपना सानिमा बैंकले पूरा गर्छ’ भन्ने नारासहित नाडा अटो शोमा व्यक्तिगत गाडी कर्जा १२.५ प्रतिशत र व्यवसायिक कर्जा १३ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने भएको छ । बैंकले नयाँ तथा पुराना जुनसुकै सवारी खरिद गर्नेलाई सुविधा प्रदान गर्ने जनाएको छ ।

कर्जा अवधि

पाँचदेखि नौं बर्षसम्मका लागि सवारीसाधन कर्जा स्किम ल्याएका १० बाणिज्य बैंकहरुले नाडा अटो शो स्टलबाटै सवारी साधन बुक गर्ने सुविधा समेत प्रदान गरेका छन् । जसअर्न्तगत एनआईसी एशिया बैंकले तुरुन्तै कर्जा अफर र सिभिलले पूर्व स्वीकृत अटो लोन योजना ल्याएका छन् ।

सबैभन्दा बढी लक्ष्मी बैंकले व्यक्तिगत र व्यापारिक दुबै प्रयोजनका लागि ९ बर्ष अवधिको सवारीकर्जा उपलब्ध गराएको छ । प्रभु बैंकले व्यक्तिगत र व्यापारिक दुबै प्रयोजनका लागि ५ बर्ष, स्टाण्र्डड चार्टडको दुबै प्रयोजनका लागि ६ बर्ष तथा सानिमा ७ बर्ष अवधिका लागि कर्जा प्रबाह गर्ने जनाएका छन् ।

बैंक अफ काठमाण्डू, हिमालयन र माछापुच्छ्रे बैंकले व्यक्तिगत प्रयोजनको लागि ८ बर्ष तथा व्यापारिक प्रयाजनका लागि ५ बर्ष अवधिको कर्जा उपलब्ध गराउने भएका छन् । एनआईसी एशियाले व्यक्तिगत ७ बर्ष र व्यापारिक ६ बर्ष अवधिको कर्जा उपलब्ध गराउनेछ । ग्लोबल आईएमई, र सिभिल बैंकले व्यक्तिगत ७ बर्ष तथा व्यापारिक प्रयोजनका गाडीमा ५ बर्ष समयावधिको कर्जा उपलब्ध गराउने जनाएको छ ।

सानिमाले व्यक्तिगत प्रयोजनका लागि ७ वर्ष र व्यावसायिक प्रयोजनका लागि ५ वर्ष अवधिमा सवारी कर्जा प्रदान गर्नेछ । बैंकले व्यक्तिगततर्फ १२.५ र ब्यापारिकतर्फ १३ प्रतिशत ब्याजदरमा अटो कर्जा उपलब्ध गराउने जनाएको छ ।

राष्ट्र बैंकले गतबर्ष रहेको ५० प्रतिशतको अटो कर्जाको डाउनपेममेन्ट यस बर्ष ६५ प्रतिशत र ब्यापारिक प्रयोजनका लागि भने बैंकहरुले ८० प्रतिशतसम्म ऋण दिन पाउने ब्यवस्था मौद्रिक नीतिमार्फत गरेकाले व्यक्तिले ३५ प्रतिशत र ब्यापारिक प्रयोजनका लागि २० प्रतिशत मात्र डाउनपेन्ट गर्दा नै सवारी खरिद गर्न सक्ने भएका छन् ।

 

व्याजदरमा एकरुपमा

राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थालाई कर्जा लिएका ग्राहकको व्याजदर बारम्बार वृद्धि नगर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले छोटो समयमा व्याजदर परिवर्तन गर्दे आएका बैंकहरुलाई तीन महिनाभन्दा छोटो समयमा व्याजदर परिवर्तन गर्न नपाउने कानुनी व्यवस्था गरेपछि बैंकहरुको कर्जा व्याजदरमा समेत एकरुपता देखिएको छ । जसले यस बर्ष कर्जाको पनि औसत व्याजदर १२ प्रतिशत रहेको छ ।

स्टल राखेका मध्ये व्यक्तिगत गाडी कर्जामा सबैभन्दा सस्तो ब्याज दर १०.४ प्रतिशत ग्लोबल आईएमई बैंकको छ । अधिकतम ब्याज दर सानिमा बैंकको १२.५ प्रतिशतसम्म छ । व्यापारिक कर्जातर्फ सबैभन्दा कम हिमालयन बैंकको ११.१५ प्रतिशत र सबैभन्दा बढी ग्लोबल आईएमई बैंकको १३.४० प्रतिशत रहेको छ ।

दुई बैंकको क्रेडिट कार्डको अफर

नाडा अटो शो २०१७ मार्फत सवारी साधन कर्जा लिने ग्राहकलाई एनआईसी एसिया र माछापुच्छ्रे बैंकले १ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा उपलब्ध गराएका छन् । पछिल्लो समय बैंकहरुबिच ग्राहक तान्न धेरै भन्दा धेरै सुविधा र अफर आउँदा यसबाट सेवाग्राहीलाई भने बढीभन्दा बढी लाभ पुगेको छ ।

एनआईसी एशिया बैंकले नाडा शो अवधिभर कर्जा लिने सबै ग्राहकलाई निःशुल्क रुपमा १ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा उपलब्ध गराएको छ । एनआईसीलाई पच्छाउँदै मेला अवधिभर माछापुच्छ्रे बैंकले पनि गाडी कर्जा लिएका ग्राहकलाई एक लाख रुपैयाँ लिमिट भएको क्रेडिट कार्ड एक वर्षको लागि ऋणसँगै उपलब्ध गराउने जनाएको छ ।

भदौ १३ देखि सुरु भएको १२ औं संस्करणको अटो  मेला भदौ १८ गते आइतबारसम्म चल्नेछ ।

 

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।