नेप्सेमा शुक्रबार तीन कम्पनीको सेयरमूल्य समायोजन

Sep 01, 2017 merolagani

नेपाल स्टक एक्सचेञ्जमा शुक्रबार तीन कम्पनीको सेयरमूल्य समायोजन भएको छ । सेयरमूल्य समायोजन हुने कम्पनीहरुमा एनआईसी एशिया बैंक(NICA), आरएसडिसी लघुवित्त(RSDC), र नेपाल इन्स्योरेन्स कम्पनी(NICL) रहेका छन् ।

एनआईसी एशिया बैंकको २० प्रतिशत बोनसपछि सेयरमूल्य समायोज भएको हो । बोनसलाई समायोजन गर्दा बैंकको समायोजत सेयरमूल्य ३६८ रुपैयाँ कायम भएको छ भने औसत आधारमूल्य ४६५ रुपैयाँ रहेको छ । 

बैंकले भदौ ३० गते बोलाएको साधारणसभामा गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको छ । बोनस वितरणपछि बैंकको चुक्ता पूँजी आठ अर्ब तीन करोड रुपैयाँ नाध्नेछ ।

आरएसडीसी लघुवित्तको २०० प्रतिशत हकप्रदपछि सेयरमूल्य समायोजन भएको हो । आरएसडीसीको २०० प्रतिशत हकप्रदलाई समायोजन गदा ११०७ रुपैयाँ निर्धारण भएको छ । जसको औसत आधारमूल्य ७४५ रुपैयाँ रहेको नेप्सेले जनाएको छ । लघुवित्तले असोज २ देखि कात्तिक ५ गतेसम्म २३ करोड रुपैयाँ बराबरको २३ लाख कित्ता हकप्रद बिक्री गर्न लागेको छ ।

नेप्सेले शुक्रबार नै नेपाल इन्स्योरेन्स कम्पनीको पाँच प्रतिशत बोनसलार्इ समायाेजन गरि नयाँ मूल्य निर्धारण गरेको छ । बोनस समायोजनपछि इन्स्योरेन्सको सेयरमूल्य एक हजार ४२४ रुपैयाँ कायम भएको छ । कम्पनीको औसत आधारमूल्य आठ सय ८६ रुपैयाँ रहेको छ ।

इन्स्योरेन्सले भदौ ३० गते बोलाएको वर्षिक साधारण सभाले पाँच प्रतिशत बोनस तथा बोनसपछि कायम हुने पुँजीको शतप्रतिशत हकप्रद प्रस्ताव पारित गर्देछ ।

शुक्रबार सेयरधनी किताब बन्द गरेका  तीनवटै कम्पनीको सेयर कारोबार सोमबार समायोजित सेयरमूल्यमा खुल्नेछ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।