कोषले आर्थिक बर्ष ०७१/०७२ को कमाईबाट बोनस वितरण गर्ने भएको हो । कोषले उक्त आर्थिक वर्षमा १८ करोड ६१ लाख ४६ हजार रुपैयाँ खुद नाफा गरेको थियो।
कम्पनीको हाल चुक्ता पूँजी ६० करोड ७५ लाख रुपैयाँ छ। बोनसपछि कम्पनीको चुक्तापूँजी ७४ करोड नाघ्नेछ । कोषले गत आर्थिक बर्षको अन्त्यसम्म ९३ अर्ब ५३ करोड ६२ लाख रुपैयाँ खुद कोष रकम संकलन गरेर ८५ अर्ब ५० करोड ४९ लाख रुपैयाँ लगानी गरेको छ ।
कोषले गत आर्थिक बर्षमा २८ करोड ४५ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक बर्षको वित्तीय विवरण अनुसार कोषको प्रतिसेयर आम्दानी ३८ रुपैया, प्रतिसेयर नेटवर्थ २०२ रुपैयाँ छ । कोषको प्रतिसेयर आम्दानी र नेटवर्थ दुवै अघिल्लो वर्षको तुलनामा बढी हो । अघिल्लो वर्ष प्रतिसेयर आम्दनी ३५ रुपैयाँ र नेटवर्थ १६४ रुपैयाँ थियो ।
सभाले कोषमा नयाँ संचालकहरु चयन गरेको छ । सर्वसाधरण सेयरधनीको तर्फबाट अशोक बुढाथोकी र अन्य बित्तिय संस्था समुहबाट नेपाल लाइफ इन्स्योरेन्सका प्रतिनिधि कमलेश कुमार अग्रवाल आगामी ५ बर्षका लागि निर्विरोध संचालक चयन भएका छन ।
सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर
१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य