एभरेष्ट बैंकको साढे २ लाख कित्ता हकप्रदमा लिलामी खुल्यो

Sep 03, 2017 merolagani

एभरेष्ट बैंक (EBL) ले हकप्रदमा अवतिरित दुई लाख ५३ हजार ७९७ कित्ता हकप्रद लिलामीमा गर्ने भएको छ । बैंकले असार १८ गतेदेखि साउन २२ गतेसम्म ३३.३३ प्रतिशत हकप्रद निष्काशन गरेकोमा अवितरित सेयर भदौ २५ गतेदेखि असोज १ गतेसम्म शिलबन्दी बोलपत्रबाट बिक्री गर्न लागेको हो ।

बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआईबिएल क्यापिटल रहेको छ । इच्छुक बोलपत्रदाताले न्यूनतम एक सय रुपैयाँ वा सोभन्दा बढी मूल्यमा एक सय कित्ता वा १० ले भाग जानेगरी सबै कित्ता सेयरका लागि आवेदन गर्न सक्नेछन् । 

प्राप्त बोलपत्रहरु बोलपत्रदाता वा निजको प्रतिनिधिको उपस्थितिमा असोज २ गते बिहान १० बजे क्यापिटलको कार्यालय लाजिम्पाटमा खुला गरिने जनाईएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।