काबेली विकास बैंकको ५० प्रतिशत हकप्रद खुल्यो, असोज २१ गतेसम्म आवेदन गर्न सकिने

Sep 03, 2017 merolagani

काबेली विकास बैंक (KEBL) को ५० हकप्रद भदौ १८ गते आईतबारदेखि निष्काशन खुला भएको छ । बैंकले दुई बराबर एक अनुपातमा एक सय रुपैयाँ अंकित दरको तीन लाख ५० हजार ८८० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

काबेली बैंकको सेयर विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । हकप्रदमा साउन १८ गतेसम्म कायम सेयरधनीले बिक्री प्रबन्धकको कार्यालय जमल तथा काबेली विकास बैंकको रजिष्टर्ड कार्यालय धनकुटा, शाखा कार्यालयहरु हिले, बुधबारे, राजारानी र सिधुवाबाट पनि आवेदन दिन पाइनेछ । 

त्यस्तै ग्लोबल आइएमई बैंकको शाखा कार्यालयहरु वीरगञ्ज, इटहरी, जनकपुर, नारायणघाट, पोखरा, नेपालगञ्ज र बुटवल शाखाबाट समेत असोज २१ ग्तेसम्म आवेदन दिन सक्नेछन् ।

सात करोड एक लाख रुपैयाँ चुक्ता पूँजी रहेको काबेलीको हकप्रदपछि १० करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । गत आर्थिक वर्षमा बैंकले दुई करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी वार्षिक ३३ रुपैयाँ ४२ पैसा कायम गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।