सिटिजन्स बैंकले पाल्पाको छहरामा खोल्यो शाखा

Sep 03, 2017 Merolagani

सिटिजन्स बैंक इन्टरनेसनलले पाल्पाको छहरामा ६० औं शाखा सञ्चालनमा ल्याएको छ । राष्ट्र बैंक का गभर्नर डा. चिरन्जीवी नेपालले उक्त शाखाको उद्घाटन गरेका हुन् ।

छहारा शाखा सञ्चालनमा आएसँगै ६० वटा शाखा, ५९ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखा रहित आधुनिक बैकिङ्ग सेवाबाट करिब ३ लाख ग्राहकहरुलाई वित्तीय सेवा दिन थालेको बैंकको विज्ञप्तीमा उल्लेख छ ।

रेमिट्यान्स सेवा, ड्राफट, भिसा ए.टि.एम. कार्ड, भिसा ईन्टरनेशनल डलर कार्ड, विभिन्न किसिमका निक्षेप तथा कर्जा सविधा तथा कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने सेवा बैंकले दिँदै आएको छ ।

सामाजिक उतरदायीत्व कार्यक्रम अन्तर्गत बैंकले श्री भैरव नवदिप माध्यामिक विद्यालय र श्री महाकाली माध्यामिक विद्यालयलाई एक एक थान कम्प्यूटर हस्तान्तरण गरेको छ । मुलुकका विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना बैंकले बनाएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।