रिडी हाइड्रोले प्रस्ताव गर्यो बोनस, कहिले बोलायो साधारण सभा ?

Sep 04, 2017 Merolagani

रिडी हाइड्रोले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई बोनस बितरण गर्ने भएको छ । हाइड्रो सञ्चालक समितिको शुक्रबार बसेको बैठकले ६ प्रतिशत बोनस बितरण गर्ने प्रस्ताव गरेको हो । जलविद्युत क्षेत्रको नियामक नभएका कारण कम्पनीले सिधै साधारण सभाबाट प्रस्तावित बोनस पारित गराएर बितरण गर्नेछ ।

प्रस्तावित बोनसमा लाग्ने कर प्रयोजनका लागि हाइड्रोले ०.३१५७ प्रतिशत नगद लाभांस समेत प्रस्ताव गरेको छ । हाइड्रोले बोनस तथा नगद लाभांस बितरण गर्नका लागि साधारण सभाको मिति पनि तय गरेको छ । आगामी कात्तिक १० गतेका लागि कम्पनीले साधारण सभा बोलाएको छ । हाइड्रोले साधारण सभाका लागि  सेयरधनी किताब बन्द गर्ने (बुकक्लोज)  मिति भने तोकेको छैन ।

कम्पनीको साधारण सभामा बोल्नेहरु यसरी हुन्छन् मालामाल, तपाई पनि जाने कि ?

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।