छ्याङ्दी हाइड्रो २५ लाख घाटामा

Sep 04, 2017 merolagani

छ्याङ्दी हाइड्रोपावर कम्पनी (CHL) ले २५ लाख ४६ हजार रुपैयाँ नोक्सानीमा रहेको वित्तिय विवरण प्रकाशित गरेको छ । कम्पनीको घाटा अघिल्लो आर्थिक वर्षको तुलनमा पाँच लाख ३९ हजार रुपैयाँले बढेको हो ।

२७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले गत जेठमा पाँच करोड ४० लाख रुपैयाँको साधारण सेयर जारीबाट पूँजी वृद्धि गरेको थियाे । उसको जगेडाकोषमा ५३ हजार रुपैयाँ सञ्चित छ । 

छ्याङ्दी हाइड्रोपावरको बिजुली बिक्रीबाट हुने आम्दानीमा १६.६० प्रतिशतको गिरावट आएको छ । अघिल्लो आवमा एक करोड चार लाख ३१ हजार रुपैयाँ आम्दानी भएकोमा गत आवमा १७ लाख ३२ हजार रुपैयाँले घटेर ८६ लाख ९९ हजार रुपैयाँमा खुम्चिएको छ ।

अन्य खर्चहरु बढेपनि कम्पनीले कर्मचारी खर्चमा भने व्यापक कटौती गरेको छ । अघिल्लो बर्ष १५ लाख ४५ हजार रूपैयाँ रहेकाे कर्मचारी खर्च अाठ लाख ८० हजार रूपैयाँ  घटाएको ६ लाख ६५ हजारमा रूपैयाँ झारेकाे हाे ।

छ्याङ्दी प्रतिसेयर घाटा भने अघिल्लो बर्ष एक रुपैयाँ ६ पैसाबाट गत आवमा ९४ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ बढेर एक सय रुपैयाँ दुई पैसा पुगेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।