पछिल्लो पाँच वर्षमा ३९ लाख ३ हजार तोला अबैध सुन बरामद

Sep 04, 2017 merolagani

 पछिल्लो पाँच वर्षमा ३९ लाख ३ हजार ५ सय ३१ तोला अबैध सुन पक्राउ गरिएको राजश्व अनुसन्धान विभागले जनाएको छ । यो तथ्याङ्क आर्थिक वर्ष २०६९/७० देखि २०७४ भदौ ५ गतेसम्मको हो । विभागका अनुसार ३३४.५३ किलो बराबरको परिमाणमा हुने उक्त सुन सहित ६१ जना पक्राउ परेका छन् ।

पक्राउ परेका मध्ये २ जना चाईनिज नागरिक हुन भने बाँकी सबै नेपालीहरु भएको विभागका महानिर्देशक भूपाल बरालले जानकारी दिए ।

पछिल्लो पाँच वर्षमा विभागले उक्त परिणामको सुन तस्करीसँग सम्बन्धित ४९ वटा मुद्धा अगाडी बढाएको छ । जसमध्ये ३६ वटा मुद्धा फैसला भई सकेको छ । जसबाट विभागले ९३ करोड २१ लाख १८ हजार ६६४ रूपैयाँ राजश्व विगो संकलन गरेको छ भने अभियुक्तहरूलाई कारागार चलान गरिएको छ ।

पछिल्लो ५ वर्षमा राजश्व अनुसन्धान विभागले कारबाही चलाएको सुन तस्करीको विवरण यस्तो छ । 

 

 

पछिल्लो समय अबैध सुन तस्करको मुद्धा संगठित अपराध अर्न्तगत नेपाल प्रहरीले हेर्ने भएका कारण सबै सुन तस्करीका घटना राजश्व विभागसम्म आउने नगरेको महानिर्देशक भूपाल बराल बताउँछन् ।

सुन तस्करी घटनामा पक्राउ परेका धेरै जसो अभियुक्तहरू सुन बोक्ने खेताला रहेको विभागले बताएको छ ।
सोमबार बिहान काठमाडौँ प्रहरीले ८८ किलो अबैध सुन सहित १ जानालाई पक्राउ गरेपछि सुन तस्करी प्रकरण फेरि चर्चामा छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।