Fri, Mar 29, 2024
नेशनल हाइड्रो पावर कम्पनीले गत आर्थिक बर्ष एक करोड १९ लाख घाटा घटाएको छ । गतवर्ष कम्पनी ६ करोड १२ लाख घाटामा छ । अघिल्लो वर्ष कम्पनीको घाटा ७ करोड ३१ लाख रुपैयाँ थियो ।
अघिल्लो बर्षको तुलनामा गतबर्ष घाटा केही घटाएपनि अझै कम्पनी ४३ करोड ५४ लाख संचित नोक्सानीमा छ । जसको चुक्तापूँजी १ अर्ब ३५ करोड छ ।
कम्पनीले गतबर्ष विजुली बिक्रीबाट १८ करोड रुपैयाँ कमाएको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक ४.४२ रुपैयाँ नेगेटिभ, मुल्य आम्दानीको अनुपात ३१.८९ गुणा नेगेटिभ र प्रतिशेयर नेटवर्थ ६८.५० रुपैयाँ रहेको छ ।
सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर
१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य
सर्वोच्च अदालतले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज सञ्चालनको पक्षमा सोमबार आदेश दिएको छ।