सेयर बजारमा पछिल्लाे दिनमा सबैजसाे कम्पनीहरूकाे सेयरमूल्य घटेपनि सामुहिक लगानी कोषहरुको प्रति ईकाई खुद मूल्य (नाभ) मा भने वृद्धि देखिएको छ । ११ म्युचुअल फण्डमध्ये १० म्युचुअल फण्डको प्रतिइकाइ खुद मूल्य बढेको छ भने लक्ष्मी भ्यालु फण्ड १ को २ रुपैयाँ एक पैसाले घटेको छ । गत आर्थिक बर्षमा ६० प्रतिशत नगद लाभांश घोषणा गरेको सिद्धार्थ लगानी वृद्धि योजनाको प्रति इकाई खुद मूल्य ९५ पैसाले बढेको छ । सबै कोषहरुको नाभ वृद्धिको तथ्याङ्क यस्तो छ ।
खुद प्रतिइकाई मूल्यका आधारमा म्युचुअल फण्डहरुको अवस्था
केही दिनयता सेयर बजारले वियरिस ट्रेन्ड समातेपनि गत महिनामा भने म्युचुअल फण्डले सेयरमा लगानी बढाएको देखिएको छ । असारमा धेरै फण्डको लगानी घटेको भएपनि साउन मसान्तमा सेयरमा गरिएको लगानीबाट प्रतिफल प्राप्त गर्ने समय भएकाले पनि फण्डले लगानी बढाएका देखिएको हाे । चार म्युचुअल फण्डको लगानी सामान्य घटाएपनि बाँकी ७ फण्डले दोस्रो बजारको सेयरमा गरेको लगानी बढाएका छन् ।
दोस्रो बजारको सेयरमा भएको लगानीका आधारमा म्युचुअल फण्डहरुको अवस्था ।
नबिल इक्विटी फण्डले सबैभन्दा बढी २१ करोड ६३ लाख बढाएको छ भने ग्लोबल आईएमई समुन्नत योजना, एनआईबिएल प्रगति फण्ड, नबिल व्यालेन्स फण्ड १, एनएमबि सुलभ इन्भेष्टमेण्ट फण्ड १, एनएमबि हाईब्रिड फण्ड एल १, सिद्धार्थ इक्वीटी ओरियण्टेड स्कीम लगायतका म्युचुल फण्डहरुले लगानीमा वृद्धि गरेका हुन् । सिद्धार्थ लगानी वृद्धि योजना १, लक्ष्मी भ्यालु फण्ड १, लक्ष्मी इक्विटी फण्ड,र एनआईबिएल समृद्धि फण्ड १ ले भने लगानी सामान्य घटाएका छन् ।
म्युचुअल फण्डले गरेका लगानीको आधारमा हेर्दा पनि सिद्धार्थ इक्वीटी ओरियण्टेड स्कीमले सबैभन्दा बढी ९७ कम्पनीका ४४ लाख ५८ हजार बढी कित्ता इकाइमा एक अर्ब १० करोड ८३ लाख रुपैयाँ बराबरको लगानी गरेको देखिन्छ । एनआईबिएल समृद्धि फण्ड १ ले ८५ कम्पनीका ३६ लाख ५७ हजार ४६५ कित्तामा एक अर्ब चार करोड ८९ लाख रुपैयाँ तथा नबिल व्यालेन्स फण्ड १ ले ७५ कम्पनीका १२ लाख १८ हजार ९३० कित्तामा एक अर्ब दुई करोड ६९ लाख लगानी गर्दे अर्ब माथि लगानी गरेका छन् ।
एक महिनाको अवधिमा म्युचुअल फण्डले लगानी गरेका कम्पनीको संख्या । जसमा म्युचुअल फण्डका इकार्इलार्इ समेत समावेश गरिएकाे छ ।
सेयर बजारबाट बाहिरिएका सबै फण्डहरुको बोनस, हकप्रद तथा सार्वजनिक निष्काशनमा गरेको लगानी रकम समेत घटेको देखिएको छ । समीक्षा अवधिमा ७ फण्डको बोनस, हकप्रद तथा सार्वजनिक निष्काशनमा गरिएको लगानी रकम घटेको छ भने ४ कम्पनीको बढेको छ । एनआईबिएल समृद्धि फण्डको सबैभन्दा बढी दुई अर्ब पाँच करोड रुपेयाँले बोनस, हकप्रद तथा सार्वजनिक निष्काशनमा लगानी घटेको छ । सिद्धार्थ इक्वीटी ओरियण्टेड स्कीमको एक अर्ब ५९ करोड तथा एनआइृबिएल प्रगति फण्डको एक अर्ब ३० करोड रुपैयाँले घटेको छ । एनएमबि सुलभ इन्भेष्टमेण्ट फण्ड १को बोनस, हकप्रद तथा सार्वजनिक निष्काशनमा लगानी सबैभन्दा बढी ८६ लाख रुपैयाँले बढेको छ ।
सार्वजनिक निष्काशन तथा हकप्रद सेयरमा भएको लगानीका आधारमा म्युचुअल फण्डहरुको विबरण ।
समिक्षा अवधिमा अधिकांस फण्डले बैंक व्यालेन्सको आकार घटाएर सेयरमा लगानी बढाएका छन् । सेयर बिक्री तिब्र बनाएका कारण चार म्युचुअल फण्डको बैंक मौज्दात भने बढेको छ । एनआईबिएल समृद्धि फण्ड १ ले सबैभन्दा बढी ११ करोड बैंक मौज्दात बढाएको छ । सिद्धार्थ लगानी वृद्धि योजना १ को पाँच करोड तथा सिद्धार्थ इक्वीटी ओरियण्टेड स्कीमको तीन करोड र ग्लोबल आईएमई समुन्नत योजना १ को बैंक मौज्दात ५२ लाख ३२ हजार रुपैयाँले बढेको छ ।
बैंक मौज्दातका आधारमा म्युचुअल अवस्था ।
समीक्षा अवधिको एक महिना अवधिमा सबै फण्डको सुचीकृत सेयर, मुद्धत्ति निक्षेप तथा ऋणपत्र बण्ड र सार्वजनिक निष्काशन, हकप्रद, र बोनस समेत गरि कुल सम्पत्ति साउन मसान्तमा यस्तो छ ।
समिक्षा अवधिमा सिद्धार्थ लगानी वृद्धि योजना १ को आठ करोड २८ लाख , लक्ष्मी इक्वीटी फण्डको एक करोड ८६ लाख, लक्ष्मी भ्यालु फण्ड १ को २९ लाख, एनआईबिएल समृद्धि फण्ड १ को चार करोड ७६ लाख रुपैयाँले कुल सम्पत्ति घटेको छ ।
एनएमबि सुलभ इन्भेष्टमेण्ट फण्ड १को सबैभन्दा बढी ११ करोड २६ लाख रुपैयाँले कुल सम्पत्तिमा वृद्धि देखिएको छ । त्यस्तै एनएमबि हाईब्रिड फण्ड एल १को ११ करोड ११ लाख, सिद्धार्थ इक्वीटी ओरियण्टेड स्कीमको सात करोढ ९३ लाख, नबिल व्यालेन्स फण्ड फण्ड १ को सात करोड ८२ लाख, एनआईबिएल प्रगति फण्डको दुई करोड ८९ लाख, नबिल इक्वीटी फण्डको दुई करोड १८ लाख, ग्लोबल आईएमई समुन्नत योजना १ पाँच करोड ९७ लाख रुपैयाँले सम्पत्ति बढेको छ ।
बजार घट्यो भन्दै हतार गरेर सेयर बेच्नेहरुले म्युचुअल फण्डहरुले बढाएको लगानीबाट पाठ सिक्नु पर्ने हुन्छ । घट्दो बजारमा हतारिएर सेयर नकिने पनि हतारिएर सेयर बिक्री गरिहाल्नु पनि घातक हुन सक्छ ।
- उल्लेखित सबै बिवरण म्युचुअल फण्डहरुले प्रकाशन गरेको साउन मसान्तको अपरिष्कृत वित्तीय विबरणका आधारमा तयार पारिएको हो ।