एक्सेल डेभलपमेन्ट बैंकको ५० प्रतिशत हकप्रदपछि सेयरमूल्य समायोजन

Sep 06, 2017 merolagani

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार एक्सेल डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन भएको छ । बैंकको ५० प्रतिशत हकप्रदपछि मूल्य समायोजन भएको हो ।

एक्सेल डेभलपमेन्ट बैंकको ५० प्रतिशत हकप्रदलाई समायोजन गर्दा ४७१ रुपैयाँ मूल्य निर्धारण भएको नेप्सेले जनाएको छ । यसअनुसार बुधबार बैंकको सेयर कारोबार ४७१ रुपैयाँमा खुल्नेछ । बैंकको १८० दिनको सेयर मूल्यलाई आधार मान्दा आधारमूलय ४८९ रुपैयाँ कायम भएको छ । 

एक्सेल डेभलपमेन्ट बैंकले धितोपत्र बोर्डबाट ५० प्रतिशत बराबरको १९ लाख २२ हजार ८१२ कित्ता हकप्रद निष्कासनको लागि अनुमति पाईसकेको छ । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक एस क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा भदौ १९ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद भर्न पाउनेछन् ।

३८ करोड ४५ लाख ६२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको एक्सेलको दुई बराबर एक कित्ता अनुपातमा हकप्रद निष्काशनपछि ५७ करोड ६८ लाख ४३ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

गत आर्थिक वर्षमा बैंकले १५ करोड २६ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ७० पैसा कायम गरेको छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।