इन्भेष्टमेन्ट बैंकले गलत सूचना दिँदा लगानीकर्तालाई धोका !

Sep 06, 2017 merolagani

नेपाल इन्भेष्टमेन्ट बैंकले लाभांश सम्बन्धी गलत सूचना प्रवाह गरेर आम लगानीकर्ता र सञ्चारमाध्यमलाई समेत अन्योलमा राखेको छ । बैंकले सुरुमा दिएको सूचना केहीबेरमा सच्याएर नयाँ सूचना जारी गरेपछि हजारौ लगानीकर्ता मर्कामा परेका छन् ।

 

बैंकले सुरुमा २५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश प्रदान गर्ने सूचना प्रवाह गरेको थियो । यो सूचना बजारमा प्रवाह हुँना साथ बैंकको सेयरमूल्य समेत उकालिएको थियो । तर केहीेबेरमा बैंकले पहिला जारी गरेको सूचना सच्याउदै १५ प्रतिशत बोनस र २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको स्पष्ट पारेको छ ।

बैंकले यसरी गतल सूचना प्रवाह गर्दा धेरै लगानीकर्ताहरु मारमा परेका छन् ।

 


comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।