सेयरकर्जाको अफरले बजारमा सुधार,गलत सूचनाले तिब्र उतारचढाब

Sep 06, 2017 merolagani

बुधबारको सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ भने कारोबार रकममा सामान्य गिरावट देखिएको छ । केही दिन यता बैंक तथा वित्तीय संस्थाहरुले सहज रुपमा सेयरकर्जा प्रवाह गर्ने आर्कषक योजनाका विज्ञापनहरु गर्न थालेपछि यसको प्रभाव बजारमा देखिएको हो ।

नबिल र एनआइसी एशिया लगायतका वाणिज्य बैंक, मुक्तिनाथ, ज्योति,कैलाश लगायतका विकास बैंकले सेयर कर्जाका योजनाहरु सार्वजनिक गरेका छन्।

बैंक तथा वित्तीय संस्थाहरुले सेयर कर्जा लिन धमाधम बोलाएपछि सेयरबजार सुध्रने आशमा लगानीकर्ता रहको र सोही अनुसार कारोबारमा सहभागी हुँदा बजारमा सकारात्मक प्रभाव परेको हो । 

तर बैंकहरुले सेयर कर्जा लिन बोलाएपनि सहज रुपमा कर्जा पाउन नसकेको साना लगानीकर्ताको गुनासो छ । धेरै जसो बैंकहरुले ठूला लगानीकर्तालाई मात्र सेयर कर्जा उपलब्ध गराएको उनीहरुको भनाई छ ।

मंगलबार इन्द्रजात्राको अवसरमा सार्वजनिक विदा परेकाले सेयर कारोबार भएन । बुधबार कारोबार खुल्नासाथ इन्भेष्टमेन्ट बैंकको लाभांशको सूचना नेप्सेमा सार्वजनिक भयो । बैंकको लाभांशले बजारमा तिब्र वृद्धि आयो । सबैभन्दा धेरै चुक्ता पूँजी र साधारण सेयरको संख्या भएको बैंकले आर्कषक लाभांश प्रस्ताव गरेपछि बजार आधाघण्टा नपुग्दै २५ अंकसम्म उकालो लागेको थियो । बैंकले २५ प्रतिशत बोनस र १५ प्रतिशत नगद दिने बताएको थियो ।

तर बैंकले सूचना गलत भएको भन्दै सच्याएर अर्को सूचना जारी गरेपछि बजारको 'चाम' हरायो । उसले १५ प्रतिशत बोनस र २५ प्रतिशत नगद लाभांश बाड्ने प्रष्ट्यायो । बैंकको एक गलत सूचनाले यसबिचमा इन्भेष्टमेन्ट बैंकको सेयर किन्ने लगानीकर्ताले घाटा सहनु पर्यो । बजार खुल्दा प्रतिकित्ता ७४३ रुपैयाँ रहेको बैंकको सेयरमूल्य प्रतिकित्ता ८०५ रुपैयाँ सम्म पुगेको थियो । बजार बन्द हुदा सेयरमूल्य ७६२ रुपैयाँ कायम भएको छ ।

बजारमा इन्भेष्टमेन्ट बैंकको सबैभन्दा धेरै ७ करोड बढीको सेयर किनबेच भएको छ । बैंकको ९१ हजार २४७ कित्ता सेयर किनबेच भयो ।

बुधबार सेयरबजार परिसूचक नेप्से ११.९४ अंकले बढेर १५६६.५० बिन्दुमा पुगेको छ । यसदिन १६४ कम्पनीको ८३ करोड ४३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो । कारोबार रकम गत सोमबारको तुलनामा करिब एक करोड कम हो ।

इन्भेष्टमेन्ट बैंकपछि उच्च कारोबार हुने गुराँस लाइफ इन्स्योरेन्सको ५ करोड बढीको संस्थापक सेयरको किनबेच भयो । नेपाल लाइफ र नबिल बैंकले पनि ३ करोड बढीको कारोबार गरे ।

यसदिन महिला सहयात्रा वित्तीय संस्थाको सेयरमूल्य सबैभन्दा धेरै दश प्रतिशतले बढेको छ । आरएसडिसी लघुवित्तको सेयरमूल्य पनि झण्डै दश प्रतिशतकै हाराहारीमा बढेको छ । सिद्धार्थ ओरिन्टेड इक्किटी स्किम र नादी पावरको सेयरमूल्य सबैभन्दा धेरै आठ प्रतिशत बढीले घटेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।