नेशनल लाईफद्धारा बाढी पीडित ४५० घरपरिवारलाई राहत वितरण

Sep 06, 2017 merolagani

नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी (NLICL) ले तराईमा आएको महाविनाशकारी बाढीद्वारा पीडितहरुलाई राहत वितरण कार्यलाई निरन्तरता दिएको छ । जसअर्न्तगत कम्पनीले तिलाठी कोइलाडी गाँउपालिकाको ४५० घरपरिवारलाई थप राहत वितरण गरेको हो ।

कम्पनीको शाखा कार्यालय राजविराज मार्फत उक्त राहत वितरण गरिएको थियो । सो क्रममा ४५० जना बाढी पीडित घर परिवारलाई चामल, दाल, आलु, नुन, गेडागुडि, चिउरा जस्ता खाद्यान्न सामाग्री वितरण गरिएको कम्पनीले जनाएको छ । 

यसअघि २०७४ भाद्र १७ गतेको दिन कम्पनिको राजविराज शाखाका शाखा प्रमुख राजेन्द्र प्रसाद यादवको संयोजकत्वमा क्रममा कम्पनीका शाखा कार्यालयका कर्मचारीहरु तथा अभिकर्ताहरुको टोली एवंम प्रहरी प्रशासनका कर्मचारीहरु राहत सामाग्री पीडितहरुको घर आँगनमै पुगी वितरण गरिसकेको छ ।

लाईफ ईन्स्योरेन्स कम्पनीले कम्पनीले आफ्नो संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत उक्त राहत वितरण गरेको हो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।