गलत सूचना प्रवाह गर्ने इन्भेष्टमेन्ट बैंकलाई होला त कारबाही ?

Sep 07, 2017 merolagani

नेपाल धितोपत्र बोर्डले इन्भेष्टमेन्ट बैंक (NIB) लाई स्पष्टीकरण माग गरेको छ । लाभांशको बिषयमा प्रवाह गरेको सूचनाको सम्बन्धमा छानबिन अगाडि बढाईएको बोर्डले जनाएको छ ।



बोर्डका प्रवक्ता निरज गिरीले नेपाल इन्भेष्टमेन्ट बैंकलाई स्पष्टीकरण सोधीएको र स्पष्टीकरणको जवाफ आएपछि मात्र कारबाहीको प्रक्रिया अगाडि बढ्ने बताए । 'हामीले बैंकलाई स्पष्टीकरण बुझाउन पत्र काटिसकेका छौ, बैंकले दिएको जवाफका आधारमा कारबाही गर्छौ, कारबाही के भन्ने कुरा अहिल्यै एकिन हुँदैन, उहाँहरुको जवाफ र ऐन कानुनमा रहेका व्यवस्था अनुसार नै कारबाही हुन्छ', गिरीले भने ।

बुधबार इन्भेष्टमेन्ट बैंकले बजार खुलेलगत्तै २५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरण गर्ने सूचना प्रवाह गरेको थियो । तर, त्यसको केही समयपछि ‘टाइप मिस्टेक’ भन्दै बैंकले अघिल्लो सूचनालाई सच्याई २५ प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस सेयरको निर्णय गरिएको जानकारी गराएको थियो ।

यसबीचमा बैंकको प्रतिकित्ता सेयरमूल्यमा नै ६० रुपैयाँ बढी तलमाथि परिसकेको थियो ।

सेयरबजारका लगानीकर्ता तथा जानकारहरुले झूठो सूचना प्रवाहित भएको अवधिको बैंकको सेयर कारोबार रद्ध गरिनुपर्ने माग विभिन्न सञ्जालहरु मर्फत राखेका छन ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।