ङादी ग्रुप पावरको सेयरमूल्य समायोजन

Sep 07, 2017 merolagani

ङादी ग्रुप पावर लिमिटेडको सेयरमूल्य विहीबार समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन भएको हो ।

नेपाल स्टक एक्सचेञ्जले १० प्रतिशत बोनसलाई समायोजन गरि कम्पनीको समायोजित सेयरमूल्य २४२ रुपैयाँ निर्धारण गरेको छ । यसअनुसार कम्पनीको सेयर विहीबार २४२ रुपैयाँमा कारोबार खुल्नेछ । 

कम्पनीको १८० दिनको सेयरमूलयलाई आधार मान्दा कम्पनीको औसत आधारमूल्य १७१ रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ ।

ङादी ग्रुप पावरले असोज ६ गते वार्षिक साधारण सभा गर्न विहीबार सेयरधनी किताब बन्द गरेको हो । यसअनुसार बुधबारसम्म कम्पनीको सेयर खरिद गरेका वा यसअघि सेयरधनी कायम रहेका लगानीकर्ताले १० प्रतिशत बोनस पाउन / साधारण सभामा सहभागि हुन सक्नेछन् ।

साधारण सभामा ङादीले बोनस सेयरपछि कायम हुने पुँजीबाट ३० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव गरेको छ ।
४८ करोड ६८ लाख रुपैयाँ सेयर पूँजी रहेको ङादीले गत आवमा पाँच करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४ पैसा कायम गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।