मितेरी डेभलपमेन्ट बैंकले ३१.४८ प्रतिशत बोनस वितरण गर्ने

Sep 07, 2017 merolagani

मितेरी डेभलपमेन्ट बैंक (MDB) ले गत आर्थिक बर्षको नाफाबाट ३३.१४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैक सञ्चालक समितिको भदौ २१ गते बसेको  बैठकले ३१.४८ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि १.६६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

 बैंकले गत आर्थिक ७३/७४ को नाफा, गत बर्षको सञ्चित मुनाफा तथा सेयर प्रिमियमबाट ११ करोड ९७ लाख ६ हजार ९४४ रुपैयाँको बोनस तथा ६३ लाख तीन सय ६५ रुपैयाँको नगद वितरण गर्ने प्रस्ताव गरेको हो ।

३८ करोड दुई लाख रुपैयाँ चुक्ता पूँजी रहेको मितेरीको ३१.४८ प्रतिशत बोनसपश्चात ५० करोड  रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । प्रस्तावित बोनस राष्ट्र बैंककाे स्वीकृती तथा बैंकको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्न सक्नेछन् ।

 

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।