एन.बि. इन्स्योरेन्सले लिलामीमा राखेको सेयरमा आवेदन गर्ने शुक्रबार अन्तिम दिन

Sep 08, 2017 merolagani

एनबि इन्स्योरेन्स कम्पनी (NBIL) को लिलामी सेयरमा आवेदन गर्ने शुक्रबार अन्तिम दिन हो । कम्पनीले भदौ १४ गतेदेखि २८ हजार ५८० कित्ता सेयर लिलामीमा राखेको हाे ।

एन.बि इन्स्योरेन्सको सेयर लिलामीमा किन्न इच्छुक लगानीकर्ताले कम्पनीको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल जमलमा आज कार्यालय समयभित्र शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । 

बोलपत्र पेश गर्दा प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य अंकित गरि न्यूनतम एक सय कित्ता वा सो भन्दा बढि १० ले भाग जाने गरि सबै कित्ताका लागि माग गर्न सक्नेछन् ।

प्राप्त बोलपत्र भदौ २५ गते दिउँसो ३: ३० बजे ग्लोबल आइएमई क्यापिटल लिमिटेड, जमलमा खुला गरिने क्यापिटलले जनाएको छ ।

हकप्रद विक्रीपछि इन्स्योरेन्सको चुक्ता पूँजी ५४ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा कम्पनीले १० करोड नौं लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी वार्षिक ३७ रुपैयाँ ३९ पैसा कायम गरेको छ । कम्पनीको सेयर विहीबार नेप्सेमा १२७४ रुपैयाँमा अन्तिम पटक कारोबार भएको छ ।

कम्पनीले यसअघि असार ५ गतेदेखि साउन ९ गतेसम्म जारी गरेको २७ लाख कित्ता हकप्रदमामा अवितरित भएको सेयर लिलाम बढाबढमा विक्री गर्न लागेको हो ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।