धितोपत्र बोर्डले शुक्रबार सिडिएस एण्ड क्लियरिङलाई पत्रचार गर्दे गत भदौ गते २१ बुधबार एक दिनको कारोबार राफसाफ नगर्न निर्देशन दिएको हो ।
सिडिएसिका प्रमुख कार्यकारी अधिकृत देव प्रकास गुप्ताले गत बुधबार भएको नेपाल इन्भेष्टमेन्ट बैंकको सम्पूर्ण कारोबारको राफसाफ नगर्न नगराउन बोर्डबाट पत्रचार भएको जानकारी दिए । सोही अनुसार ब्रोकरहरुलाई पनि जानकारी गराइएको सिडिएससीले जनाएको छ । अर्को निर्णय नभएसम्मका लागि सो दिन कारोबार भएको सेयरको राफसाफ नहुने भएको हो ।
इन्भेष्टमेन्ट बैंकले लाभांश बारेको सूचना जारी गरेको दिन गत बुधबार ७ करोड रुपैयाँ बढीको ९१ हजार २४७ कित्ता सेयर किनबेच भएको थियो ।
यता धितोपत्र बोर्डले सो सम्बन्धमा इन्भेष्टमेन्ट बैंकसँग तीन दिने म्याद दिएर स्पष्टीकरण माग गरेको छ । बोर्ड स्रोतका अनुसार बोर्डले दिएको समय सिमा आइतबार पुरा हुन्छ । स्पष्टीकरणको जवाफ आएपछि मात्र कारबाहीको प्रक्रिया अगाडि बढ्ने बोर्डको भनाई छ । कारबाहीको टुङ्गो नलागेसम्मका लागि बुधबार एक दिनको राफासाफ रोक्न सिडिएससीलाई जानकारी गराईएको बोर्ड स्रोतले मेरो लगानीलाई जानकारी दियो ।
बुधबार इन्भेष्टमेन्ट बैंकले बजार खुलेलगत्तै २५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरण गर्ने सूचना प्रवाह गरेको थियो । तर, त्यसको केही समयपछि ‘टाइप मिस्टेक’ भन्दै बैंकले अघिल्लो सूचनालाई सच्याई २५ प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस सेयरको निर्णय गरिएको जानकारी गराएको थियो ।
यसबीचमा बैंकको प्रतिकित्ता सेयरमूल्यमा नै ६० रुपैयाँ बढी तलमाथि परिसकेको थियो । बजार खुल्दा प्रतिकित्ता ७४३ रुपैयाँ रहेको बैंकको सेयरमूल्य प्रतिकित्ता ८०५ रुपैयाँ सम्म पुगेको थियो । बजार बन्द हुदा सेयरमूल्य ७६२ रुपैयाँ कायम भएको छ ।
सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर
१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य