एनआईसी एशियाले डलर माग गर्ने सबैलाई डलर उपलब्ध गराउने

Sep 08, 2017 merolagani

एनआईसी एशिया बैंक (NICA) डलर माग गर्ने सबैलाई रित्तो हात नर्फकाउने भएको छ । बैंकले दशैं तथा तिहारमा बिदा मनाउन विदेश जानेहरुको संख्या बढ्ने हुँदा डलरको माग पनि बढ्ने भएकाले चौथो पटक ५० लाख नगद डलर आयात गरी ग्राहकहरुलाई उपलब्ध गराउन सुरु गरेको जनाएको छ ।

एनआईसी एशिया बैंकले विदेश जाने नेपालीहरुका लागि आवश्यक पर्ने डलरको माग पूरा गर्नका लागि विदेशबाट नगद डलरको आयात गर्ने कार्य जारी राख्दै चौथो पटक डलरको आयात गरेको जनाएको हो । 

बैंकले यसअघि तीन पटकसम्म गरेर ६० लाख नगद डलर आयात गरीसकेको छ । बैंकले काठमाडौं उपत्यकाका सबै शाखाहरुमा प्रशस्त मात्रामा नगद डलर रहेकाले कुनै पनि ग्राहकले डलर नपाएर फर्कनुपर्ने अवस्था नरहेको बताएको छ ।

यसअघि नगद अमेरिकी डलरको अति न्यून मात्रामा आपूर्ति भएका कारण ग्राहकहरुले सहज रुपमा डलर पाउन सकेका थिएनन् । सोही असहजता सम्बोधन गर्ने हेतुले नेपाल राष्ट्र बैंकद्वारा ‘क’ वर्गका बैंकहरुलाई विदेशवाट नगद डलर आयात गरी सप्लाइ गर्न परिपत्र जारी गरेपछि एनआईसी एशियाले सबैभन्दा पहिला डलर आयात गरेको थियो ।

डलर साट्न आउने ग्राहकले साथमा पासपोर्ट र हवाई टिकट पनि लिएर आउनुपर्ने तथा त्यस्तो कागजात पूरा गरी आउने प्रत्येक ग्राहकलाई नियमानुसार २ हजार ५ सय डलरसम्म उपलब्ध गराउन सकिने बैंकले जानकारी दिएको छ ।

बैंकले अहिले काठमाण्डाै भित्रका सम्पूर्ण ३२ शाखा कार्यालयहरुबाट सहज रुपमा उपलब्ध गराउने व्यवस्था मिलाएको जनाएको छ ।  बैंकले विदेश जाने ग्राहकहरुलाई भिसा इन्टरनेशनल डेबिट कार्ड मार्फत पनि अमेरिकी डलर सटही सुविधा प्रदान गर्दै आएको छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।