पोखरा फाइनान्सको एफपिओ आईतबार बाँडफाँड हुने, सबै आवेदकले सेयर पाउने निश्चित

Sep 08, 2017 merolagani

पोखरा फाइनान्स (PFL) ले निष्काशन गरेको एफपिओ आईतबार बाँडफाँड हुने भएको छ । फाइनान्सले गत साउन २९ गतेदेखि भदौ १ गतेसम्म ९ लाख ८३ हजार ६८२ कित्ता थप नयाँ साधारण सेयर निष्काशन गरेको थियो ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार एफपीओ बाँडफाँड गरिने बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलले जानकारी दिएको छ।

क्यापिटलका सहायक महाप्रबन्धक बद्री प्याकुरेलले आईतबार ५ बजेपछि बाँडफाँड गर्ने तयारी गरेको मेरोलगानी डटकमलाई जानकारी दिए ।

फाइनान्सले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा १२० रुपैयाँ प्रिमियम थप गरी २२० का दरले ९ लाख ८३ हजार ६८२ कित्ता एफपिओ निष्कासन गरेको थियो ।

कम्पनीले संस्थापक तथा साधारण सेयरको अनुपात ५१:४९ कायम गर्न एफपिओ जारी गरेको हो ।

 

लगानीकर्ताले कति पाउलान् सेयर ?

फाइनान्सले ९ लाख ८३ हजार ६८२ कित्ता एफपिओ निष्कासन गरेकोमा प्रारम्भिक तथ्याङ्क अनुसार करिब ५० हजार हाराहारी आवेदक पुगेका छन् । यसआधारमा पोखरा फाइनान्सको एफपिओमा सबै आवेदकले न्यूततम १० कित्ता सेयर पाउने निश्चित छ ।

सबै आवेदकलाई १० कित्ता सेयर बाँडफाँड गर्दा ५ लाख कित्ता सेयर सकिन्छ । सबैलाई १० कित्ता सेयर बाँडफँड गरिसकेपछि २० कित्ता वा सो भन्दा बढी आवेदन गर्ने आवेदकलाई थप १० कित्ता सेयर वितरण गरिनेछ । थप १० कित्ता शेयर वितरण गर्दा पनि माग गरेका सेयर रहेमा गोलाप्रथाबाट वितरण गरिनेछ ।

न्यूनतम १० कित्ता सेयर आवेदन गर्न पाइने भएकाले यदि १० कित्ता सेयर माग गर्नेहरुको संख्या अधिक भएमा २० कित्ता वा त्यो भन्दा बढी सेयर माग गर्नेको भागमा २० देखि ४० कित्तासम्म सेयर पर्न सक्छ ।
एफपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९ सय कित्तासम्म आवेदन दिन पाइने व्यवस्था रहेको थियो ।

हाल फाइनान्सको चुक्ता पूँजी ५५ करोड ७४ लाख रुपैयाँ छ । एफपिओ बिक्रीपछि फाइनान्सको चुक्ता पूँजी ६५ करोड ५७ लाख पुग्नेछ । फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा ८ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७४ पैसा कायम गरेको छ ।

 

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।