पोखरा फाइनान्सको एफपिओ बाँडफाँड प्राबिधिक कारणले आइतबार असम्भव :- विक्री प्रबन्धक

Sep 09, 2017 merolagani

पोखरा फाइनान्स कम्पनीको एफपिओ बाँडफाँडमा प्राबिधिक समस्या अाएपछि आईतबार बाँडफाँड नहुने भएको छ । फाईनान्सको विक्री प्रबन्धक एनआईबिएल क्यापिटलले आईतबार बाँडफाँड गर्ने तयारी गरेपनि केही प्राबिधिक समस्या अाइपरेका कारण आईतबार बाँडफाँड हुन नसकेको शनिबार जनाएको हो ।

पोखरा फाईनान्सको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआईबिएल  क्यापिटलका सहायक महाप्रबन्धक बद्री प्याकुरेलले आईतबार गर्ने सम्पुर्ण तयारी गरिएपनि प्राबिधिक कारणले एफपीओ बाँडफाँड लम्बिन गएको मेरोलगानी डटकमलाई बताए ।

उनले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम नै भदौ ३० गतेभित्रमा जतिसक्दो छिटो बाँडफाँड  गर्ने  तयारीमा अाफुहरू जुटेकाे समेत बताए ।

फाइनान्सले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा १२० रुपैयाँ प्रिमियम थप गरी २२० का दरले ९ लाख ८३ हजार ६८२ कित्ता एफपिओ निष्कासन गरेको थियो । 

एफपिओमा प्रारम्भिक तथ्याङ्क अनुसार करिब ५० हजार हाराहारी आवेदक पुगेका छन् । यसआधारमा पोखरा फाइनान्सको एफपिओमा सबै आवेदकले न्यूततम १० कित्ता सेयर पाउने निश्चित छ ।

५० हजार आवेदक भएमा प्रत्येक आवेदकलाई १० कित्ता सेयर बाँडफाँड गर्दा ५ लाख कित्ता सेयर सकिन्छ । सबैलाई १० कित्ता सेयर बाँडफँड गरिसकेपछि २० कित्ता वा सो भन्दा बढी आवेदन गर्ने आवेदकलाई थप १० कित्ता सेयर वितरण गरिनेछ । थप १० कित्ता शेयर वितरण गर्दा पनि माग गरेका सेयर रहेमा गोलाप्रथाबाट वितरण हुनेछ । 

न्यूनतम १० कित्ता सेयर आवेदन गर्न पाइने भएकाले यदि १० कित्ता सेयर माग गर्नेहरुको संख्या अधिक भएमा २० कित्ता वा त्यो भन्दा बढी सेयर माग गर्नेको भागमा २० देखि ४० कित्तासम्म सेयर पर्नसक्छ ।

एफपिओ बिक्रीपछि फाइनान्सको चुक्ता पूँजी ६५ करोड ५७ लाख पुग्नेछ । फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा ८ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७४ पैसा कायम गरेको छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।