नेशनल मर्चेन्ट बैंकरको १०.५३ प्रतिशत बोनस, साथमा शतप्रतिशत हकप्रद प्रस्ताव

Sep 10, 2017 merolagani

नेशनल मर्चेन्ट बैंकरले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई १०.५३ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले असोज १० गते डाकेको चौथो वार्षिक साधारण सभामा सो प्रस्ताव गरिएको हाे ।

नेशनलले इन्द्रेणी फुड ल्याण्ड नयाँबानेश्वरमा बेलुकी ५ बजे चौथो वार्षिक साधारणसभामा बोलाएको छ । कम्पनीले साधारणसभामा सञ्चालक समितिले गरेको सिफारिश बमोजिम १०.५३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।  साथै बोनस वितरणपछि एक बराबर एक अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत रहेकाे छ ।

कम्पनीले हकप्रद जारी गरेर संस्थाको चुक्ता पूँजी बढाएर २० करोड रुपैयाँ पुर्याउने भएको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने कार्यक्रम छ ।

गत बर्षकाे साधारणासभामा पनि कम्पनीले १०.५३ प्रतिशत बोनस सेयर तथा ११३ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव थियाे । 

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।