नेपाल बंगलादेश बैंकले १२ प्रतिशत बोनस वितरण गर्ने

Sep 10, 2017 merolagani

नेपाल बंगलादेश बैंक (NBB) ले गत आर्थिक बर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । भदौ २४ गते बसेको बैंक सञ्चालक समिति बैंठकले  सेयरधनीलार्इ १२ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ३.७९ प्रतिशत नगद लाभांश  वितरण गर्ने निर्णय गरेको हो ।

 

बैंकले प्रस्ताब गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।

साथै सञ्चालक समितिको भदौ २४ गतेकै बैंठकले बैंकको प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाको कार्यकाल आगामी ४ बर्षका लागि थप गरेको छ । 

७ अर्ब २१ करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी रहेको एनबि बैंकको १२ प्रतिशत बोनसपछि ८ अर्ब ८ करोड ५३ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । गत आर्थिक वर्षमा बैंकले एक अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २८ रुपैयाँ कायम गरेको छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।