यसअनुसार असोज १ गते आईतबारसम्म सेयर किनेका वा यसअघि नै माइक्रोफाइनान्स कम्पनीको सेयरधनी कायम रहेका लगानीकर्ताले लघुवित्तले प्रस्ताव गरेको ३० प्रतिशत बोनस तथा चुक्ता पूँजीको १२.१०५ प्रतिशत नगद लाभांश प्राप्त गर्न सक्नेछन् ।
माइक्रोफाइनान्सले होटल वाटर टावर नुवाकोट विदुरमा असोज ३० गते विहान ११:३० बजे साधारणसभा बोलएको हो । साधारणसभाले ६ करोड ६० लाख रुपैयाँ बोनस तथा दुई करोड ६६ लाख ३१ हजार ५७८ रुपैयाँ नगद लाभांश पारित गर्नेछ ।
२२ करोड रूपैयाँ चुक्त्ता पूँजी रहेको लघुवित्तको बोनसपछि २८ करोड ६० लाख रूपैयाँ चुक्त्ता पूँजी कायम हुनेछ । गत आवमा लघुवित्तले ९ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ४२ रूपैयाँ १९ पैसा कायम गरेको छ ।
सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर
१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य