यसअघि ३० प्रतिशत हकप्रद जारी गरेको बैंकले राष्ट्र बैंकले तोकेको आठ अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गर्न थप १० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव गरेकाे हाे । १० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव असार १८ गते सम्पन्न विशेष साधारणसभाबाट बैंकले पारित गरेको थियो ।
गत बर्षको चौथो त्रैमासिक प्रतिवेदन अनुसार बैंकको ६ अर्ब ६२ करोड ८८ लाख ७९ हजार रुपैयाँ चुक्त्ता पूँजी रहेको छ । बैंकले ६ अर्ब ८२ करोड ६१ लाख रुपैयाँको १० प्रतिशत हकप्रद जारी गर्न प्रस्ताव गरेको हाे । हकप्रद जारीपछि बैंकको चुक्ता पूँजी सात अर्ब ५० करोड ८७ लाख नाध्नेछ ।.आठ अर्ब पूँजी कायम गर्न बाँकी रकम बैंकले गत आर्थिक बर्षको नाफाबाट बोनस वितरण गर्दा सहजै पुरा गर्ने देखिन्छ ।
गत आर्थिक बर्षमा बैंकले एक अर्ब ४१ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी बार्षिक २१ रुपैयाँ ३९ पैसा कायम गरेको छ ।
सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर
१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य