पूर्णिमा विकास बैंकको लिलामी सेयरमा आवेदन गर्ने सोमबार अन्तिम दिन

Sep 11, 2017 merolagani

पूर्णिमा विकास बैंक (PURBL) काे  ६६ हजार नौ सय ११ कित्ता लिलामी सेयरमा आवेदन गर्ने सोमबार अन्तिम दिन हो । बैंकले हकप्रदमा अवितरित ४६ हजार दुई सय ५८ कित्ता संस्थापक सेयर तथा २० हजार छ सय ५३ कित्ता साधारण सेयर भदौ १९ देखि लिलाममा राखेको हाे ।

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । इच्छुक बाेलकबाेलदाताले क्यापिटलकाे कार्यालय नक्साल वा पूर्णिमा विकास बैंककाे कार्यालय रूपन्देहीमा  साेमबार दिउँसाे ३ बजेसम्म  शिलबन्दी बाेलपत्र पेश गर्नु पर्नेछ।

बाेलपत्र पेश गर्दा न्यूनतम एक सय रूपैयाँ वा साे भन्दा बढी मूल्य अंकित गरि न्यूनतम एक सय कित्ता वा १० ले भाग जानेगरि सबै  कित्ताका लागि माग गर्न सक्नेछन् । 

बोलकबोल भदौ २८ गते विहान ७ बजे क्यापिटलको कार्यालय नक्सालमा खोलिने क्यापिटलले जनाएको छ । बैंककाे सेयर अार्इतबार नेप्सेमा  २८६ रूपैयाँमा अन्तिम पटक काराेबार भएकाे छ । 

पुर्णिमा विकास बैंकले गत आर्थिक वर्षमा १० करोड एक लाख ५३ हजार रुपैंया खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २८ रुपैयाँ ४२ पैसा कायम गरेकाे छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।