नबिल बैंकको ३० प्रतिशत र फर्स्ट माइक्रोको १५ प्रतिशत बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

Sep 11, 2017 merolagani

नबिल बैंक(NABIL) र फर्स्ट माइक्रोफाइनान्स कम्पनी (FMDBL) ले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । नबिल बैंकले ३० प्रतिशत बोनससहित ४८ प्रतिशत लाभांश तथा फर्स्ट माइक्रोफाइनान्सले १५ प्रतिशत बोनस प्रस्ताव गरेका छन् ।



नबिल बैंकले साधारणसभा प्रयोजनका लागि भदौ २७ देखि असोज १० गतेसमम सेयरधनी किताब बन्द गर्देछ । तसर्थ भदौ २६ गते सोमबारसम्म कायम रहेका सेयरधनी मात्र साधारणसभामा भाग लिन र कम्पनीले प्रस्ताव गरेको लाभांश पाउन योग्य हुनेछन् ।

नबिल बैंकको असोज १० गते हुने ३३ औं वार्षिक सधारणसभाले ३० प्रतिशत बोनस तथा १८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्देछ ।

बैंकको साधारणसभाले पारित गरेपछि लगानीकर्ताले प्रस्तावित लाभांस पाउने छन् ।

गत आर्थिक वर्षमा तीन अर्ब ६२ करोड आठ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकको चुक्ता पूँजी छ अर्ब १८ करोड छ,प्रस्तावित बोनस बितरण पश्चात बैंकको चुक्ता पूँजी आठ अर्ब चार करोड ११ लाख रुपैंया पुग्नेछ ।

यस्तै फर्स्ट माइक्रोफाइनान्सले असोज ८ गते आठौं वार्षिक साधारणसभा राखेको छ । लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयरका साथै कर तिर्नका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साथै कम्पनीले बोनस वितरणपछि कायम हुने चुक्ता पूँजीको दुई बराबर एक कित्ताको अनुपातमा हकप्रद निश्कासन गर्ने विशेष प्रस्ताव पेश गर्देछ ।

कम्पनीले प्रस्ताव गरेको लाभांस पाउन भदौ २६ गतेसम्म सेयरधनी कायम हुनुपर्नेछ ।

हाल ३९ करोड ६७ लाख ५० हजार रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनसपछि ४५ करोड ६२ लाख ६२ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । उक्त पूँजीको ५० प्रतिशत अर्थात एक सय रुपैयाँ अंकित दरको २२ लाख ८१ हजार ३०० कित्ता हकप्रद जारी गर्ने प्रस्ताव गरेको हो । हकप्रदपछि कम्पनीको चुक्ता पूँजी ६८ करोड ४३ लाख ९३ हजार रुपैयाँ कायम हुनेछ ।

गत आर्थिक बर्षमा कम्पनीले आठ करोड दुई लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २० रुपैयाँ २९ पैसा कायम गरेको थियो ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।