नेपाल बंगलादेश बैंक र बुम रेमिटबिच रेमेट्यान्स सम्झौता

Sep 11, 2017 merolagani

नेपाल बंगलादेश बैंक र बुम रेमिट्यान्सबिच रेमेट्यान्स पठाउने तथा भुक्तानी गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बुम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र बैंकको तर्फबाट नायब महाप्रवन्धक सुरेन्द्र भूषण श्रेष्ठले सम्झौता गरेका छन् ।

सम्झौतासँगै नेपाल बंगलादेश बैंक बुम रेमिटको एजेन्ट नियूक्त भएको छ । यसबाट बुम रेमिट् मार्फत नेपालीले विदेश बाट पठाएको रकम नेपाल बंगलादेश बैंकले ४७ वटा शाखाहरु मार्फत भुक्तानी गर्न सक्नेछ । साथै बुम रेमिटको सफ्टवेयर मार्फत आन्तरिक विप्रेषण पठाउने तथा भुक्तानी गर्ने कार्य गर्न सक्नेछ ।

बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४ हजार भन्दा बढि सब–ऐजेन्टहरु छन् । आन्तरिक संञ्जाललाई तिब्ररूपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा पनि आफनो संञ्जाललाई तिब्ररूपले विस्तार गर्दै जाने रणनिति बनाएको प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले बताए । पन्तका अनुसार बुम रेमिटले विभिन्न बैंकहरूस‘ग सहर्काय गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।