दुर्इ बाणिज्य बैंककाे तीन करोड १४ लाख कित्ता हकप्रद सूचीकृत

Sep 11, 2017 merolagani

सिद्धार्थ (SBL) र सनराईज बैंक(SRBL)  को हकप्रद सेयर सोमबार सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्चमा दुबै बैंकले यसअघि जारी गरेका हकप्रद सेयर सूचीकरण गराएका हुन् ।

सिद्धार्थ बैंकले एक करोड ५७ लाख ५२ हजार ५७८ दशमलव १३ कित्ता हकप्रद सेयर सूचीकृत गराएको हो ।

त्यस्तै सनराइज बैंकको एक करोड ५६ लाख ४८ हजार ९२७ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ ।

सोमबार मात्र कुल तीन करोड १४ लाख एक हजार ५०५ कित्ता हकप्रद सूचीकरण  भएकाे हाे । यसले  सेयर बजारमा सेयरको आपुर्ति अरु बढ्न पुगेको छ । 

सूचीकृत भएका हकप्रद सेयर सेयरधनीले डिम्याट खातामा प्राप्त गरेपछि कारोबार गर्न सक्नेछन् । सिद्धार्थले जेठ २५ देखि असार २८ गतेसम्म र सनराइज बैंकले जेठ १६ गतेदेखि  असार १९ गतेसम्म  चुक्त्ता पूँजीको ३० प्रतिशत  हकप्रद जारी गरेका थिए ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।