नबिल बैंकले गत आर्थिक बर्षको नाफाबाट वितरण गरेको ३० प्रतिशत बोनस सेयरलाई समायोजन गर्दा समायोजित सेयरमूल्य १२५४ रुपैयाँ कायम भएको छ ।
बैंकको १८० दिनको सेयरमूल्यलाई आधार मानेर नेप्सेले बैंकको औसत आधारमूल्य १५३५ रुपैयाँ कायम भएको जनाएको छ । त्यस्तै नबिल बैंकको ३० प्रतिशत बोनसपछि प्रमोटर सेयरको समोजितमूल्य ९०८ रुपैयाँ निर्धारण भएको छ ।
फर्स्ट माइक्रोफाइनान्स कम्पनीको १५ प्रतिशत बोनसपछि ९०८ रुपैयाँ मूल्य कायम भएको नेप्सेले उल्लेख गरेको छ । लघुवित्तको औसत आधारमूल्य ९५७ रुपैयाँ रहेको छ ।
त्यस्तै सेवा विकास बैंकसँग मर्ज भएर कामना सेवा विकास बैंक बनेको साबिकको कामना विकास बैंकको २१.५८ रुपैयाँ बोनस तथा बोनसपछि फेरी ३० प्रतिशत हकप्रदलाई समायोजन गरि नेप्सेले नयाँ मूल्य निर्धारण गरेको छ ।
कामनाको २१.५८ प्रतिशत बोनस समायोजन पछि २९२ रुपैयाँ मूल्य कायम भएको छ भने फेरी ३० प्रतिशत हकप्रदलाई समायोजन गर्दा २४८ रुपैयाँ कायम भएको छ । बैंकको आैसत आधारमूल्य बोनसपछि २५२ तथा हकप्रद समायोजनपछि २५० रुपैयाँ कायम हुन आएको नेप्सेले जनाएको छ ।
सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर
१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य