युनाइटेड फाइनान्सको १९ प्रतिशत बोनस प्रस्ताव, मुथहुट फाइनान्स रणनीतिक साझेदार

Sep 12, 2017 merolagani

युनाइटेड फाइनान्सले सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । फाइनान्सको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको कमाईबाट बोनस सेयर दिने प्रस्ताव गरेको हो । तर कम्पनीले कर बापतको रकम भने सेयरधनीलाई नै तिराउने भएको छ ।

प्रस्तावित बोनस नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

फाईनान्सको चुक्ता पूँजी ६७ करोड २७ लाख रुपैँया रहेको छ । बोनसपछि चुक्तपुँजी ८० करोड रुपैयाँ पुग्नेछ ।

यस्तै भारतको कोचीस्थित मुथहुट फाइनान्स लिमिटेडलाई वैदेशिक रणनीतिक साझेदारीको रुपमा भित्राउने भएको छ । मुथहुटलाई २० प्रतिशत अर्थात २१ लाख कित्ता संस्थापक सेयर बिक्री दिएर साझेदार बनाउने कम्पनीको योजना छ ।

साथै फाइनान्सले २० प्रतिशत हकप्रद बिक्रीका लागि समेत धितोपत्र बोर्डबाट अनुमति पाईसकेको छ ।

 

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।